बचतकर्ताको विवरण जलाउन आइडियल यमुना सहकारीमा रहस्यमय आगजनी
काठमाडौं । महिनौँदेखि बिजुलीको महसुल नतिरेर लाइन काटिएको आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाको कुपण्डोलमा रहेको केन्द्रीय कार्यालयमा बिहीबार रहस्यमयरूपमा आगलागी भएको भएको छ । पाँचवटा सहकारी संस्था मर्ज भएर बनेको आइडियल यमुना बहुउद्देश्यीय सहकारी संस्थाको केन्द्रीय कार्यालय तत्कालीन हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्थाको कार्यालय कुपण्डोलमा राखिएको थियो ।
चारवटा सहकारी संस्थालाई हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारीका अध्यक्ष केवी उप्रेतीले झुटो विवरण देखाएर मर्ज गरेका थिए र अहिले उनीहरू डिमर्जको प्रक्रियामा गएपछि उप्रेती आफैँ अध्यक्ष रहेको संस्थाको बिजुलीको लाइन समेत काटिएको कार्यालयमा रहस्यम ढंगले आगजनी भएको हो । उप्रेती अध्यक्ष रहेको आइडियल यमुना बहुउद्देश्यीय सहकारी संस्थाले बचतकर्ताहरूको झण्डै १० अर्ब रुपैयाँ बचत फिर्ता नगरेको बताइएको छ । राष्ट्रिय सहकारी बैंकको समेत अध्यक्ष रहेका उप्रेतीले अन्य सहकारीलाई बैंक कर्जा दिँदा समेत घोटाला गरेको आरोप लाग्नेगरेको छ ।
भवनको चोथो तलामा रहेको सहकारीको कार्यालय केही समय बन्द रहेको थियो । विजुलीको लाइन समेत काटिएको टाट उल्टेको उक्त सहकारीको कार्यालयमा मर्ज भएका पाँचवटै सहकारीका बचतकर्ताहरूले बचत गरेको रकमकलमको विवरणका कागजपत्र जलाएर रकम पचाउन आगजनी गरिएको हुनसक्ने आंशका गरिएको छ । संस्थाका अध्यक्ष उप्रेती स्वास्थ्य बिग्रिएको बहाना बनाएर लामो समय विदेश बसेर केही समयअघि स्वदेश फर्किएका थिए र उनी फर्किएपछि यस्तो वितण्डा मच्चिएको हो ।
क्याटेगोरी : सहकारी–कृषि
ट्याग : #Page 1
ताजा अपडेट
- देशभरको मौसम सफा रहने पूर्वानुमान
- ‘एनपिएल’को उत्साहपूर्वक प्रतीक्षा, विश्वका खेलाडी नेपालमा
- यस्तो आजका लागि विदेशी मुद्राको विनिमय दर
- नेपाल प्रहरीका स्वास्थ्य समूहका चार एसपी एसएसपीमा बढुवा
- मौन अवधि सुरु, के गर्न पाइँदैन ?
- लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत
- एमाले सांसद लीलाबल्लभ राखेकै कोठामा रास्वपा सभापती रविलाई राखियो
- गृह मन्त्रालयले गर्यो १२ उपसचिवहरुको सरुवा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया