Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिबाँदर आतंकले दोलखाका किसानलाई हैरान

बाँदर आतंकले दोलखाका किसानलाई हैरान


दोलखा । जिल्लाका पहाडी भेगका किसानहरू बाँदर आतंकले हैरान भएका छन् । पछिल्ला वर्षहरूमा जिल्लाका पहाडी भेगमा बाँदरको आतंक बढ्दै गएको किसानहरूको गुनासो छ । गाउँमा किसानले लगाएको बालीनालीलाई बाँदरले सखाप पार्न थालेपछि उनीहरू चिन्तित बनेका छन् ।

बढ्दो बाँदर आतंक नियन्त्रण गर्न किसानहरूले सरकारसँग माग राखेका छन् । जिल्लाका किसानहरूले बुधबार जिल्ला प्रशासन कार्यालय दोलखा अगाडि प्रदर्शन गरेर बाँदर नियन्त्रणको माग गरेका हुन् । मेलुङ गाउँपालिका–७ का किसानहरूले सरकारले बाँदर नियन्त्रणमा चासो नदेखाएको भन्दै बुधबार प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीमार्फत आफ्ना मागहरू सरकारलाई बुझाएका छन् । उनीहरूले बाँदर आतंक तत्काल नियन्त्रण गर्नुपर्ने, बालीनालीमा पुगेको क्षतिको क्षतिपूर्तिको व्यवस्था हुनुपर्ने लगायतका माग राखेका छन् । बाँदर नियन्त्रणको माग गर्दै मेलुङका एक सयभन्दा बढी स्थानीय किसानहरू मकैको रित्तो बोट र खोस्टा बोकेर जिल्ला प्रशासन कार्यालयअघि भेला भएका थिए । उनीहरूले दोलखाका राजनीतिक दलको कार्यालयमा समेत प्रदर्शन गरी बाँदर नियन्त्रणको नीति बनाउन माग गरेका छन् ।


क्याटेगोरी : सहकारी–कृषि
ट्याग : #Page 7

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x