Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिफौजी किरा नियन्त्रण भएसँगै स्थानीय खुसी

फौजी किरा नियन्त्रण भएसँगै स्थानीय खुसी


महेन्द्र शाही
सोलुखुम्बु, असार ७
किसानको टाउको दुःखाइ बनेको फौजी किरा नियन्त्रणमा उदयपुरको लिम्चुङबुङ गाउँपालिका सफल भएको छ । विगत दुई वर्षदेखि प्रकोपको रुपमा देखिएको फौजी किरा नियन्त्रण गर्न सफल भएसँगै कृषक हर्षित बनेका छन् । निकै मेहनत गरि फौजी किरा नियन्त्रणमा सफल भएको गाउँपालिकाले जनाएको छ ।

फौजी किरा नियन्त्रण गर्न सफल भए सँगै स्थानीयले स्थानीय सरकार आएको महशुस गरेका छन । गत वर्ष धान, मकैलगायत बालीमा फौजी कीराले सखाप बनाएको लिम्चुङबुङ गाउँपालिका क्षेत्रको मकैकको बिरुवा यस वर्ष निकै आशलाग्दो देखिएको छ । विगतको वर्षमा मकैको बिरुवामै किराको प्रकोपका कारण सखाप बने पनि यस वर्ष समयमा नै गाउँपालिकाले विषादी प्रयोग गर्दा नियन्त्रण भएको लिम्चुङबुङ गाउँपालिका ५ जाँतेका कृषक कमला खड्काको भनाइ छ । यो वर्ष मकै निकै राम्रो रहेको उनले सुनाइन् ।

अघिल्लो वर्षमा बीउ समेत जोगाउन नसकेको भए पनि यो वर्ष निकै आसलाग्दो रुपमा बारीमा बिरुवा रहेको उनले बताए । फौजी कीराकै कारण गत वर्ष यस क्षेत्रका किसानले मकैको बीउसमेत जोगाउन सकेका थिएनन् । अघिल्लो वर्ष फौजी किराकै कारण खाद्यन्न सकंटको स्थिति सृजना भए पनि यस वर्ष बेलैमा किराको प्रकोप नियन्त्रण हुँदा उत्पादनमा समेत वृद्धि हुने लिम्चुङबुङ ४ बलम्टाका अगुवा कृषक दल बहादुर राईले सुनाए ।

आफूहरुलाई गाउँपालिकाले निकै सहयोग गरेको राईले सुनाए । किराले गर्दा निकै चिन्ता बढे पनि अहिले निकै हर्षित बनाएको उनको भनाई छ । पालिकाले १८ सयभन्दा बढी किसानलाई निःशुल्क रुपमा फौजी कीरा नियन्त्रणका लागि विषादी वितरण गरेको छ । गाउँपालिकाका लागी समेत चुनौतीको विषय बनेको फौजी किरा नियन्त्रणमा बर्षको सुरुवात देखि नै निरन्तर लागिपर्दा सफल भएको गाउँपालिकाका उपाअध्यक्ष रमिला राई बताउँछिन् । यो प्रकोपलाई नियन्त्रणमा लिन सधैँ लागि परेको र दुई वर्षको प्रयासपछि सफल भएको उनको भनाइ छ ।

दुई वर्ष अघिसम्म एक सिजनमा ५० मुरी मकै फलाउने किसानहरु अघिल्लो वर्ष भने बीउ समेत जोगाउन नसेको बताउँछन् । बीउ समेत किनेर मकै खेती गरिएको स्थानीयले बताउने गरेका छन् । बाहिरबाट ल्याएर रोपे पनि अघिल्लो वर्षको जस्तै त होला नि भन्ने चिन्तामा रहेका किसानहरु अहिले भने निकै खुसी देखिएका छन् ।

गाउँपालिकाले फौजी कीरा नियन्त्रणका लागि गाउँपालिकाले तीन लाख बजेट छुट्याएर ‘इमामेक्टिन बेन्जोएट’ (कोब्रा) विषादी वितरण गरेको पालिकाले जनाएको छ । जसबाट उत्पादनमा वृद्धि हुने कृषकको अनुमान छ । जसले गर्दा खाद्यान्न संकटको अवस्थामा केहि मात्रामा भए पनि सहज हुने विश्वास गरिएको छ ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x