Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिएउटै व्यक्ति दुई वा त्यसभन्दा बढी सहकारीको सञ्चालन हुन नपाउने

एउटै व्यक्ति दुई वा त्यसभन्दा बढी सहकारीको सञ्चालन हुन नपाउने


काठमाडौं । सरकारले एउटै व्यक्ति एकै समयमा दुई वा सोभन्दा बढी सहकारी संस्थाको सञ्चालक हुन नपाउने व्यवस्था गरेको छ । सहकारी विभागले हाल एउटै व्यक्ति दुई वा त्यसभन्दा बढी सहकारी संस्थाको सञ्चालक रहेको भए ३० दिनभित्र त्याग गर्न समयसीमा निर्धारण गरेको छ ।

विभागले बुधबार सबै सहकारी संस्थाहरूलाई परिपत्र जारी गरी ३० दिनभित्र एकल पद कायम गर्न निर्देशन दिएको हो । सहकारी ऐन २०७४ को दफा ४१ (५) मा कुनै व्यक्ति एकै समयमा एक मात्र सहकारी संस्थाको सञ्चालक हुन सक्ने व्यवस्था रहेको छ । ऐनको उक्त प्रावधान कार्यान्वयन गर्न निर्देशन जारी गरिएको सहकारी विभागका रजिस्ट्रार पीताम्बर घिमिरेले जानकारी दिए । सहकारी बैंकको हकमा पनि पनि यस्तै निर्देशन दिइएको विभागले जनाएको छ । यो निर्देशन कार्यान्वयन भए–नभएको अनुगमन गरिने र यदि कार्यान्वयन नभएको पाइएमा कानुनबमोजिम कारबाही गरिने पनि विभागले जनाएको छ ।

यस्तै, विभागले सहकारी संस्थाका ऋणीहरूको कर्जा तीन महिनाका लागि पुनर्तालिकीकरण गर्न पनि परिपत्र गरेको छ । परिस्थितिजन्य कारणले समस्यामा परी कर्जालाई नियमित गर्न नसकेका ऋणीलाई कर्जा चुक्ता गर्न परेको कठिनाइलाई दृष्टिगत गरी ऋणी सदस्यलाई परेको प्रभाव मूल्यांकन गरी सदस्यको माग, आवश्यकता र औचित्यका आधारमा गत वर्ष खराब ऋणीको सूचीमा नपरेका र यसअघि यस्तो सुविधा नलिएका ऋणीहरूको हकमा मात्र कर्जा पाकेको ५० प्रतिशत ब्याज भुक्तानी गरेमा बाँकी सावाँलाई तीन महिनाको अवधिका लागि पुनर्तालिकीकरण गर्न सकिने विभागले जारी गरेको परिपत्रमा उल्लेख छ ।


क्याटेगोरी : सहकारी–कृषि
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x