प्राथमिक सेयर निष्काशन गर्ने तयारीमा इन्द्रेणी मसरुम फर्म
काठमाडौं । इन्द्रेणी मसरुम फर्म पब्लिक लिमिटेडले सार्वसाधारणका लागि प्राथमिक सेयर निष्काशन गर्ने तयारी थालेको जनाएको छ । च्याउ खेतीसँग सम्बन्धित व्यक्तिहरूको लगानीमा मकवानपुरको थाहा नगरपालिका, वडा नं. ९, चित्लाङ्गमा अत्याधुनिक प्रविधिबाट व्यावसायिकरूपमा गोब्रे च्याऊ उत्पादन गर्ने उद्देश्यले २०७१ सालमा सो कम्पनीको स्थापना भएको हो ।
हाल कम्पनीले व्यावसायिकरूपमा पाँच प्रजातिको च्याउ खेती गरिरहेको छ । कम्पनीका अनुसार गोब्रे ओइस्टर, शिताके, किङ्ग ओयस्टर, गानोडर्मा जातको च्याउ खेती गरिएको हो । तीमध्ये गोब्रे च्याउ सबैभन्दा लोकप्रिय छ, यसले देशको कुल च्याउ उत्पादनको ४५ प्रतिशत ओगटेको छ । यस्तै, कम्पनीले प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा स्थानीय बासिन्दाहरूलाई रोजगारी पनि दिएको छ । हाल यस संस्थामा विभिन्न व्यावसायिक क्षेत्रका सेयरधनीहरूबाट १४ करोड लगानी रहेको छ । चित्लाङको १९ रोपनी जग्गामा ११ ओटा अत्याधुनिक उत्पादन कक्ष निर्माण गरी प्रत्येक दिन छ सय केजी गोब्रे च्याउ उत्पादन गर्दै आएको कम्पनीले जनाएको छ । बजारमा प्रतिदिन १५ हजार केजी च्याउको माग हुने गरेको कम्पनीले जनाएको छ । सो माग आपूर्तिमा सहज पुग्ने गरी उत्पादन वृद्धि गर्न सर्वसाधारणहरूको तर्फबाट सहभागिता बढाउन आईपीओ निष्काशन गर्न लागेको कम्पनीले जनाएको छ ।
यस कम्पनीले सेयर निष्काशन गरी सोबाट प्राप्त हुने रकमबाट मकवानपुर जिल्लाको हेटौंडाबाट पनि व्यावसायिकरूपमा विभिन्न प्रजातिको च्याउ उत्पादन सुरु गर्ने जनाएको छ । साथै, कोल्डस्टोरको निर्माण गर्ने, प्रयोगशाला निर्माण गर्ने, च्याउ उत्पादन निमित्त मल बिउ र सामग्री बिक्री केन्द्र खोली बिक्री गर्ने, च्याउको सुकुटी, गुन्द्रुक, अचार तथा सुप उत्पादन गर्ने लक्ष्य लिएको छ । चित्लाङ्ग र हेटौंडाबाट उत्पादन सुरू भएपश्चात् दैनिक दुई हजार पाँच सय केजीमाथि च्याउ उत्पादन गर्ने योजना रहेको र यसले उत्पादनको लागतमा समेत कमी हुन आउने कम्पनीले जनाएको छ ।
क्याटेगोरी : सहकारी–कृषि
ट्याग : #page 3
ताजा अपडेट
- अनावश्यक खर्च कटौती गर्नुपर्छ: मुख्यमन्त्री कार्की
- भारतीय स्थल सेनाध्यक्ष पाँचदिने औपचारिक भ्रमण पछि स्वदेश फिर्ता
- मोरङको मिक्लाजुङ गाउँपालिका र जापानको मिनामिताने सहरबीच भगिनी सम्बन्ध
- युवा र युवती एकैठाउँमा मृत फेला
- राहदानी विभागको सेवा ठप्प सेवाग्राही आक्रोशित
- प्रतिनिधिसभा सचिव अधिकारीद्वारा राजीनामा
- स्वर्गीय राईप्रति अध्यक्ष दाहालद्वारा श्रद्धाञ्जली अर्पण
- ई–सेवाद्वारा ट्राफिक प्रहरीलाई मोबाइल फोन हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया