Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारबागमती प्रदेशगरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिइने

गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिइने


दोलखा । जिल्लाको वैतेश्वर गाउँपालिका–५, मैनापोखरीमा मुख्य कार्यालय रहेको जनमुखी बचत तथा ऋण सहकारी संस्थाले गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ । संस्थाले वार्षिक साधारणसभाको अवसर पारेर एक सय ३० जना विद्यार्थीलाई अध्ययन छात्रवृत्ति उपलब्ध गराउन लागेको संस्थाका प्रमुख व्यवस्थापक भेषबहादुर मिजारले जानकारी दिए । सो संस्थाले हरेक वर्ष साधारणसभाको अवसर पारेर छात्रवृत्ति वितरण गर्ने गरेको छ । सहकारीले सूचना प्रकाशित गर्दै छात्रवृत्तिका लागि सामुदायिक विद्यालयलाई विद्यार्थी सिफारिस गर्न आह्वान गरेको छ । संस्थाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्यका साथ आफ्ना गरिब तथा जेहेन्दार सदस्य विद्यार्थीलाई आवेदन दिन विवरण माग गरेको हो । संस्थाको आर्थिक वर्ष २०८१/८२ को वार्षिक कार्यक्रमअनुसार संस्थामा सदस्य रहेका विद्यार्थीमध्ये कार्यक्षेत्रभित्रका सामुदायिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने व्यवस्थापक मिजारले बताए ।

उनका अनुसार विद्यालय आधारभूत तहमा अध्ययनरत ५०, माध्यमिक तह ९/१० का ३० जना, माध्यमिक तह ११/१२ का ३० र स्नातकतह (क्याम्पस) का २० जना गरी कुल एक सय ३० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिनेछ । जनमुखी सहकारी संस्थामा सदस्य बनेका गरिब तथा जेहेन्दार विद्यार्थीलाई सम्बन्धित विद्यालयले सिफारिस गर्नुपर्ने हुन्छ । हरेक विद्यालयले तहगतरूपमा एकएक जना विद्यार्थी सिफारिस गर्न सक्नेछन् ।


क्याटेगोरी : सहकारी–कृषि, बागमती प्रदेश
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x