डायनामिक सहकारीको साधारणसभा सम्पन्न
काठमाडौं । ललितपुरस्थित डायनामिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार ललितपुरमा सम्पन्न साधारणसभालाई सम्बोधन गर्दै संस्थाका अध्यक्ष पुष्पप्रसाद श्रेष्ठले पछिल्लो समय सहकारीको बारेमा अनेक भ्रम र हल्लाका बीच डायनामिक सहकारीले आफ्नो राम्रो प्रस्तुति प्रस्तुत गरेको दाबी गरे ।
उनले संस्थामा कुनै समस्या नरहेको र सबै लगानी विधिसम्मत ढंगले सञ्चालन गरिएको भन्दै सहकारीसम्बन्धी हल्लाबाट डराउनु नपर्ने बताए । सहकारीको जग भनेको भनेकै शेयर सदस्यहरू रहेको उल्लेख गर्दै उनले सञ्चालक र सेयर सदस्यहरूबीचको आपसी विश्वास कायम रहेसम्म हल्ला र भ्रमले केही असर नगर्ने धारणा राखे ।
यस्तै, उपाध्यक्ष शिवशंकर श्रेष्ठले स्वागत मन्तव्य राख्दै सेयर सदस्यहरूबाट प्राप्त विश्वासको कदर गरेर डायनामिक सहकारीले भविष्यमा अझ ज्यादा सेवा–सुविधाका कार्यक्रम ल्याउने तयारी गरिरहेको बताए । यस्तै, सचिव वीरेन्द्र शाक्यले आव २०८०÷८१ को कार्यक्रमबारे जानकारी दिएका थिए । संस्थाका कोषाध्यक्ष दिव्य बरालले आव २०८०÷८१ को आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीमा पाँच सय १८ जना सेयर सदस्य रहेको र संस्थाको कारोबार लगभग छ करोडको हाराहारीमा रहेको जानकारी दिए ।
अतिथिका रूपमा उपस्थित पुल्चोक टोलसुधार समितिका अध्यक्ष सुरेन्द्र काफ्लेले शुभकामना मन्तव्य दिए भने साधारणसभामा विभिन्न विधामा पुरस्कार पनि प्रदान गरिएको थियो । संस्थाका सचिव नरेन्द्र शाक्यले सञ्चालन गरेको कार्यक्रममा पाँच सयको हाराहारीमा सेयर सदस्यहरूको उपस्थिति रहेको थियो ।
क्याटेगोरी : सहकारी–कृषि
ट्याग : #Page 6
ताजा अपडेट
- द्रुतमार्गको प्रगति सोचेभन्दा राम्रो रहेको संसदीय समितिको निष्कर्ष
- निर्मला पन्तको हत्या घटनामा प्रत्यक्षदर्शी भएको भन्दै अन्तर्वार्ता दिने व्यक्ति नियन्त्रणमा
- धनराजलाई सिआईबीले लियो सुटुक्क बयान ! फरार श्रीमती बिरुद्ध इन्टरपोलमा रेड नोटिस जारी
- यूएईलाई हराउँदै यू-१९ महिला विश्वकपमा नेपाल छनोट
- राष्ट्रपति पौडेलले ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य नोक्सानीको सम्बोधन’ विषयक विशेष सत्रमा राखेको सम्बोधनको पूर्ण पाठ
- कर छली गरेर खुलेयाम संचालनमा आएका बाहुबली कन्स्ट्रक्सनका टिपर प्रहरी नियन्त्रणमा !
- क्यासिनोको लाइसेन्स दिँदा पर्यटन मन्त्री पाण्डेले करोडौ रकम लिएको आरोप !
- सर्वोच्च अदालतको अवहेलना मुद्दा दर्ता भएपछि (रास्वपा)ले स्थगित ग¥यो पत्रकार सम्मेलन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया