आर्जन सहकारीको सम्पूर्ण सूचक सकारात्मक
काठमाडौं । आर्जन बचत तथा ऋण सहकारी संस्था लिमिटेड, ललितपुरको नेतृत्व सर्वसम्मत चयन भएको छ । संस्थाको १५औँ साधारणसभाले प्रवीण सुवेदीको नेतृत्व नयाँ सञ्चालक समिति चयन निर्वाचित गरेको हो ।
सञ्चालक समितिका सदस्य नरेश प्रधानबाहेक सबै पुरानै पदाधिकारी तथा सदस्य निर्वाचित भएका छन् । कार्यसमितिको अध्यक्षमा प्रविण सुवेदी, उपाध्यक्षमा समीर महर्जन, कोषाध्यक्षमा रञ्जितकुमार पोद्दार र सचिवमा सुरज केसी पुनः सर्वसम्मत प्रक्रियाबाट निर्वाचित भएका छन् । त्यस्तै, सदस्यहरूमा पुष्पकुमार थापा शसिन श्रेष्ठ र रकेश श्रेष्ठ निर्वाचित भएका छन् ।
शनिबार सम्पन्न साधारणसभाले संस्थाका अध्यक्ष प्रवीण सुवेदीले प्रस्तुत गरेको संस्थाको आर्थिक वर्ष ०८०/८१ को अर्थात् १५औँ वार्षिक प्रतिवेदन र कोषाध्यक्ष रणजितकुमार पोद्दारले प्रस्तुत गरेको चालु आर्थिक वर्षको बजेट पारित गरेको छ । पारित प्रतिवेदनअनुसार संस्थाले अघिल्लो आर्थिक वर्षको तुलनामा चुक्ता पुँजी वृद्धि गरेको छ । आर्थिक वर्ष ०७९/८० संस्थाको चुक्ता सेयर पुँजी तीन करोड ३९ लाख ६७ हजार नौ सय रहेकोमा गत आर्थिक वर्षमा सा दशमलव ४३ प्रतिशतले वृद्धि भई तीन करोड ६४ लाख ९२ हजार तीन सय पुगेको छ ।
प्रतिवेदनअनुसार गत आवसम्ममा संस्थाले जगेडा कोषमा १ करोड ३२ लाख ८८ हजार ३२७ रुपैयाँ, सहकारी प्रवर्द्धन कोषमा १ लाख ७३ हजार ८४२ रुपैयाँ र सहकारी विकास कोषमा १५ लाख ४९ हजार नौ सय ७४ रुपैयाँ जम्मा गरेको छ । त्यस्तै, घाटापूर्ति कोष, सामुदायिक विकास कोष, स्थिरीकरण कोष र जोखिम व्यवस्थापन कोषमा १५ लाख ४९ हजार नौ सय ७४ रुपैयाँका दरले जम्मा गरेको छ ।
प्रतिवेदनअनुसार संस्थाले गत आवमा ३३ करोड ७० लाख २८ हजार २३१ रुपैयाँ बराबरको कारोबार गरेको छ । जसमा निक्षेप २५ करोड ५९ लाख ४६ हजार ५७४ रुपैयाँ र कर्जा लगानी २७ करोड ७३ लाख २ हजार ७६ रुपैयाँ पुगेको छ । संस्थाको कर्जा लगानी शत प्रतिशत नै नवीकरणको अवस्थामा रहेको र खराब कर्जामा सूचीकृत गर्नुपर्ने अवस्थामा नरहेको संस्थाका अध्यक्ष प्रवीण सुवेदीले बताए । उनका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा संस्थामा सेयर सदस्यहरू नौ प्रतिशतले वृद्धि भएका छन् भने संस्थाको आम्दानी १४ दशमलव १८ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै, संस्थाले सेयर सदस्यहरूलाई सात प्रतिशत लाभांश दिने निर्णय पारित समेत गरेको छ ।
शनिबार सम्पन्न साधारणसभामा बोल्दै प्रमुख अतिथि तथा ललितपुर नगरपालिका सहकारी शाखाका अधिकृत चिरञ्जीवी पौडेलले आर्जन सहकारीको अवस्था राम्रो देखिएको बताए । तर, आगामी दिनमा पनि संस्थाको अवस्था स्वस्थ बनाइरहनको लागि ऋण लगानी गर्दा विशेष ध्यान दिनुपर्ने बताए ।
‘जुन संस्थाले समयमा नै साधारणसभा गर्न सकेका छन्, ती संस्थाहरूमा समस्या छैन भन्ने देखिन्छ, यो संस्थामा पनि समस्या छैन भन्ने देखिन्छ, आगामी दिनमा पनि यो संस्थाले थप प्रगति गर्न सक्ने देखिन्छ’, उनले भने । ‘यहाँहरूले अझै पनि ऋण लगानी गर्दा होसियार हुनुपर्छ, ऋण लगानी गर्दा धितो अनिवार्य गर्न आवश्यक हुन्छ’, पौडेलले थपे ।
साधारणसभाको अवसरमा संस्थाले आफ्ना सेयर सदस्यहरूका एसईई उत्तीर्ण भएका १५ जना छोराछोरी तीन/तीन हजार नगदसहित सम्मान पत्रले सम्मान गरेको छ । साथै, संस्थाले सोही अवसरमा नै असल ऋणीतर्फ सुरेश महर्जन र असल निक्षेपकर्तामध्येबाट सरला घिमिरेलाई सम्मान गरेको छ ।
संस्थाको साधारणसभा कार्यक्रम अध्यक्ष प्रवीण सुवेदीको अध्यक्षता र केशव भट्टराईको सञ्चालनमा सञ्चालन भएको थियो । झण्डै एक हजार सदस्यहरूको उपस्थिति रहेको सभामा सहभागीहरूलाई संस्थाका सचिव सुरज केसीले स्वागत गरेका थिए ।
क्याटेगोरी : सहकारी–कृषि
ट्याग : #page 3
ताजा अपडेट
- मङ्सिर १५ गते ‘टुर दी बाँके नेसनल पार्क’ को आयोजना
- ऐतिहासिक चन्दन भराटेश्वर महादेव मन्दिर परिसरमा पूर्वाधार निर्माण थालियो
- नेपाल र बङ्गलादेशबीच जलवायुका विषयमा सहकार्यकोे महत्व छ: मन्त्री शाही
- कांग्रेस आकस्मिक बैठक: शोक प्रस्ताव पारित, दुई दिन आधा झण्डा झुकाउने
- पूर्वसभामुख ढुङ्गानाप्रति देउवाद्वारा श्रद्धाञ्जली अर्पण
- प्रधानमन्त्री ओलीद्वारा पूर्वसभामुख ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण
- आर्जन सहकारीको सम्पूर्ण सूचक सकारात्मक
- घोराही सिमेन्टको ‘ढलाई मिक्स पीपीसी सिमेन्ट’ बजारमा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया