बाँकेमा धान खरिद गर्दै सहकारी, कम्पनीले अझै सुरु गरेन
जिएम यादव
बाँके ।
सरकारले सहकारीलाई किसानको धान खरिदका लागि प्रोत्साहन गर्ने नीति लिएपछि बाँकेका ६ वटा सहकारीले धान खरिद प्रक्रिया अगाडि बढाएका छन् । सरकारले समयमै धान खरिद समर्थन मूल्य तोकेपछि उत्साहित किसानहरुको भावनाअनुसार धान खरिदका लागि सहकारीहरुले प्रक्रिया अगाडि बढाएका हुन् ।
जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष प्रेम सुवेदीका अनुसार सहकारी संघमार्फत किसानहरुको उत्पादनका आधारमा कम्तीमा ५० वटा सहकारीले सबै स्थानीय तहबाट धान खरिदको योजना बनाइएका हुन् । ‘एक लाख क्विन्टल धान खरिदको योजना बनाइएको छ’, सुवेदीले भने, ‘कतिपय प्राविधिक कारणले धेरै सहकारीले धान खरिद कार्य अगाडि बढाउन सकिरहेका छैनन् ।’
उनका अनुसार, कतिपय सहकारीले गोदाम घर निर्माण गरिरहेका छन् भने कतिपयले धान खरिदका लागि आवश्यक पर्ने नापजोखका उपकरणहरु खरिद कार्य अगाडि बढाएका छन् । एभरेष्ट कृषि सहकारी संस्था बैजनाथले बिहीबारसम्म ७ हजार क्विन्टल धान खरिद गरिसकेको जनाएको छ ।
‘सरकारले तोकेकै मूल्यमा सहकारीहरुले धान खरिद गरिरहेका छन’, संघका अध्यक्ष सुवेदीले भने । उनका अनुसार, साकार कृषि सहकारी संस्थाले १ हजार ५ सय क्विन्टल धान खरिद लक्ष्य राखेर खरिद कार्य अगाडि बढाएको छ भने साना किसान कृषि सहकारी संस्थाले २ हजार क्विन्टल खरिद गर्दै छ ।
खजुरा सहकारी संस्था लिमिटेडले ५ सय क्विन्टल बीउ धान खरिद गर्दै छ भने कोहलपुर सहकारी संस्था लिमिटेडले २ हजार क्विन्टल धान खरिद गर्ने जनाएको छ । ‘साना किसान कृषि सहकारी संस्था कम्दीले पनि धान खरिद प्रक्रिया अगाडि बढाएको छ’, अध्यक्ष सुवेदीले भने, ‘किसानहरुलाई पायक पर्ने ठाउँका सहकारी संस्थाहरुलाई धान खरिदका लागि प्रेरित गरिएको छ ।’
सरकारले यस बर्ष समयमै धानको समर्थन मूल्य तोकेपछि किसानहरु उत्साहित भएका थिए । मौसमअनुकूल भएपछि यस वर्ष बाँकेमा धानको उत्पादन पनि बढेको छ भने समयमै कटान पनि भएको छ । सरकारले यस वर्ष धानको समर्थन मूल्य २ हजार ७ सय ३५ देखि २ हजार ८ सय ८५ सम्म तोकिदिएको छ । तर, किसानहरुले ६ देखि ९ सय रुपैयाँसम्म कम मूल्यमा व्यापारीलाई बेच्न बाध्य भएको समाचार बाहिर आएपछि सहकारीहरुले सरकारले तोकेको मूल्यमा धान किन्न लागेका हुन् ।
सरकारको स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान खरिद नगर्दा बाँकेका किसान सस्तो मूल्यमा धान खरिद गर्न बाध्य भएको बताउँछन् । सरकारको स्वामित्वमा रहेको खाद्य कम्पनीले देशभर ६० हजार मेट्रिक टन धान खरिद गर्ने लक्ष्य राखेर एक अर्ब ७९ करोड ३१ लाख ५५ हजार बजेट विनियोजन गरेको छ ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- बढ्यो व्यक्तिगत आवास कर्जा एक वर्षमा तीन खर्ब ९३ अर्ब रुपैयाँ कर्जा प्रवाह
- अर्थतन्त्रका सबल सूचकका जगमा कमजोर क्षेत्रहरू सुधार्न अर्थमन्त्रीको निर्देशन
- उद्योगमा काटिएको विद्युत् जोड्ने प्राधिकरण सञ्चालक समितिको निर्णय
- राष्ट्रपति पौडेलले गरे विश्व नेताहरूको उच्चस्तरीय सत्रलाई सम्बोधन
- दक्षिण कोरियाको लागि इ७ भिसा तत्काल लागू नगर्ने
- सिभिल सहकारीका सोह्र सय पीडितले सात अर्ब बचत मागे
- ट्रम्प अमेरिकाको राष्ट्रपति बन्दा जलवायु परिवर्तनको विषयमा कस्तो प्रभाव पर्ला ?
- बिटकोइनसँग जोडिएका सात रोचक र अपत्यारिला कुरा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया