सहुलियतमा मल उपलब्ध गराउन बजेटको व्यवस्था
सुदूरपश्चिम प्रदेश ।
सुदूरपश्चिम प्रदेश सरकारले किसानलाई सहुलियत मूल्यमा रासायनिक मल बिक्री गर्न साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड धनगढीलाई एक करोड बजेट उपलब्ध गराउने भएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनितादेवी चौधरीको उपस्थितिमा मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा मन्त्रालयका सचिव डा. किसनलाल भट्ट र कर्पोरेशनका धनगढीस्थित कार्यालयका नायब महाप्रबन्धक केशवप्रसाद पाण्डेबीच सहुलियत मूल्यमा मल बिक्री गर्नेसम्बन्धी सम्झौता आदानप्रदान भएको छ ।
सम्झौताअनुसार कर्पोरेशनले बिक्री गर्दै आएको रासायनिक मल एमोनियम सल्फेट र सिङ्गल सुपर फस्फेट कर्पोरेसनले तोकेको मूल्यभन्दा सहुलियत मूल्यमा बिक्री गर्नुपर्नेछ । खेती गर्ने समयमा रासायनिक मल अभावको समस्या खेप्दै आएका किसानलाई सहुलियत मूल्यमा मलको व्यवस्था गरी राहत दिन प्रदेश सरकारले पहिलो पटक यो बजेट पलब्ध गराउने भएको हो ।
कर्पोरेशनले डिएपी र युरिया मलका अलावा युरिया मलको विकल्पमा प्रयोग गर्न सकिने एमोनियम सल्फेट र डिएपी मलको विकल्पमा प्रयोग गर्न सकिने सिङ्गल सुपर फस्फेट मलसमेत बिक्री गर्दै आएको छ । नेपाल सरकारले डिएपी र युरिया मलमा अनुदान दिए पनि एमोनियम फस्फेट र सिङ्गल सुपर फस्फेटमा अनुदान दिएको छैन । जसका कारण डिएपी र युरिया मलको तुलनामा यो मलको मूल्य केही महंगो पर्न गई आम किसानले खरिद गर्न सकिरहेका थिएनन् ।
‘किसानलाई सहुलियत मूल्यमा मल उपलब्ध गराई राहत दिन प्रदेश सरकारले ऐतिहासिक काम गरेको छ’, कर्पोरेसनका नायब महाप्रबन्धक पाण्डेले भने, ‘अब प्रदेशमा मल अभाव हुँदैन ।’ सम्झौताअनुसार ५० किलोको प्रतिबोरा एमोनियम सल्फेट रु एक हजार, बोरोन मिश्रण भएको सिङ्गल सुपर फस्फेट नौ सय ३० रुपैयाँ र जिंक मिश्रण भएको सिङ्गल सुपर फस्फेट नौ सय रुपैयाँ बिक्री मूल्य निर्धारण गरिएको छ । कर्पोरेसनले अहिलेसम्म ५० किलोको प्रतिबोरा एमोनियम सल्फेट एक हजार चार सय २६ रुपैयाँ, बोरोन मिश्रण भएको सिंगल सुपर फस्फेट एक हजार एक सय ६६ रुपैयाँ र जिंक मिश्रण भएको सिंगल सुपर फस्फेट एक हजार एक सय ४६ रुपैयाँमा अधिकृत बिक्रेतामार्फत बिक्री गर्दै आएको छ ।
हाल डीएपी र युरिया मलको अभाव भए पनि कर्पोरेसनसँग एमोनियम सल्फेट र सिंगल सुपर फस्फेट मल पर्याप्त मौज्दात छ । मल बिक्रीको जिम्मा लिएको अर्को कृषि सामग्री कम्पनी लिमिटेडमा पनि हाल युरिया र डीएपी मलको अभाव छ । चालू आर्थिक वर्षको चौमासिकमा कर्पोरेसनले दुई हजार चार सय ६५ मे.टन एमोनियम सल्फेट र सिङ्गल सुपर फस्फेट मल बिक्री गरिसकेको जनाइएको छ ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया