जनजागरण साकोसको नाफा १८ लाख १६ हजार
सुवास बस्नेत
दोलखा ।
दोलखाको बैतेश्वर गाउँपालिका वडा नम्बर ३ मिर्गेमा रहेको जनजागरण बचत तथा ऋण सहकारीले १८ लाख नाफा कमाउन सफल भएको छ । सहकारीले एक वर्षको अवधिमा १८ लाख १६ हजार रुपैयाँ नाफा कमाउन सफल भएको संस्थाका कोषाध्यक्ष पुष्कर कुमार दाहालले जानकारी दिए ।
संस्थाको २२औँ साधारणसभामा संस्थाका कोषाध्यक्ष दाहालले आर्थिक वर्ष २०७६/०७७ को आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै १२ करोड ९० लाख ८५ हजार पाँच सय रुपैयाँ कुल पुँजी बनाउन सफल भएको बताए । त्यसैगरी सहकारीले १० करोड १३ लाख ३६ हजार एक सय ११ रुपैयाँ ऋण लगानी गरेको जनाएको छ ।
साथै १० करोड १३ लाख ९० हजार ९७ रुपैयाँ बचत रहेको छ । दुई हजार आठ सय ७६ सेयर सदस्य आबद्ध रहेको जनजागरण सहकारीमा एक हजार ९८ जना बाल सदस्य रहेको संस्थाका सचिव रमेश प्रसाद दाहालले जानकारी दिए । कोरोना भाइरसको कारण टोलटोलमा क्षेत्रगत रूपमा टोले साधारणसभा गर्दै सीमित प्रतिनिधि बोलाएर संस्थाले शनिबार केन्द्रीय साधारणसभा गरेको हो ।
सहकारीका अध्यक्ष प्रवन दाहालको सभापतित्व र बैतेश्वर गाउँपालिका उपाध्यक्ष रबिचन्द्र आचार्यले प्रमुख आतिथ्यमा साधारणसभा सम्पन्न भएको हो । संस्थाका अध्यक्ष दाहालका अनुसार सहकारीले आगामी दिनमा सदस्यमुखी कार्यक्रमको सुरु गर्नेछ । सहकारीले वडा कार्यालय आसपासमा चालू वर्षभित्र थप सेवा केन्द्र विस्तार गर्ने भएको छ । त्यसैगरी सदस्यलाई निःशुल्क स्वास्थ्य सेवा दिन बैतेश्वर अस्पतालसँग समन्वय गरेर स्वास्थ्य सेवा दिने बताइएको छ । त्यसैगरी सहकारीले आगामी दिनमा आफूलाई पायक पर्ने नजिकको छिमेकी सहकारीसँग एकीकरण गर्ने प्रस्ताव अघि सारेको अध्यक्ष दाहालले जानकारी दिए ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया