किबीको मूल्य घट्यो
सुबास बस्नेत
दोलखा ।
जिल्लामा किसानहरूले उत्पादन गरेको किबी टिप्ने सिजन सुरु भएको छ । जिल्लाका विभिन्न ठाउँका कृषकहरूले व्यावसायिकरूपमा नै किबीखेती गरेका छन् । गत वर्षको तुलनामा यो वर्ष कोरोना भाइरसको कारण किबी सस्तोमा किनबेच भइरहेको छ । चरीकोट बजारमा यो वर्ष किबीको मूल्य घटेको व्यापारीहरूले बताएका छन् ।
गतवर्ष प्रतिकेजी साढे दुई सयदेखि तीन सय रूपैयासम्म बिक्री भएको किबी कोरोना भाइरसको कारण यसवर्ष मूल्य घटेर बजारमा प्रतिकेजी एक सय ७० रूपैयाँँमा बिक्री भइरहेको फलफूल व्यवसायी चित्र दाहालले बताए । जिल्लाको भीमेश्वर नगरपालिका र शैलुङ गाउँपालिकामा अन्य ठाउँको तुलनामा धेरै किबी खेती भएको पाइएको छ ।
अघिल्लो वर्ष सहजरूपमा किबी बिक्री गरेका किसानलाई यो वर्ष भने किबी बिक्री गर्न समस्या भएको हो । कोरोना भाइरसका कारण बाहिरी पर्यटकको दोलखामा आगमन हुन नसक्दा गत वर्षको जस्तो किबीको व्यापार नभएको दोलखाको शैलुङ गाउँपालिका –८ मा व्यावसायिक किबी खेती गर्दै आएका किसान माधव खत्रीले बताए । उनले यो वर्ष करिब २५ सय केजी उत्पादन गरेका छन् ।
दोलखामा किबी बिक्री नभएपछि बिक्री गर्नकै लागि काठमाडौँ पुगेको उनले जानकारी दिए । काठमाडौँका विभिन्न फलफूल तथा तरकारी बजारमा पनि दोलखाको किबीले भाउ पाउन नसकेको उनले बताए । काठमाडौँका बजारमा दोलखाको भन्दा इलामको किबी सस्तो पाउने हुँदा दोलखाको किबीले भाउ र बजार पाउन नसकेको शैलुङका अर्का किसान बमबहादुर कार्कीले बताए ।
कार्कीले यो वर्ष चार हजार केजी किबी फलाएका छन् । बजारमा किबी बिक्री नभएपछि बजारको भन्दा सस्तोमा घरबाटै किबी बिक्री गर्न थालेको उनले बताए । बजारमा दुई सय रूपैयाँ प्रतिकेजी मूल्य रहेकोे किबी कार्कीले घरबाटै एक सय ४५ रूपैयामा किबी व्यापारीलाई दिने गरेका छन् । दोलखामा उत्पादन भएको किबीले बजार नपाउँदा यो वर्ष समग्र जिल्लाकै किसान चिन्तित बनेका छन् । हेवाडलगायतका विभिन्न जातका किबी लगाएका किसानले उत्पादन वृद्धि र ठूल–ठूला दानाका किबी फलाए पनि बिक्री नहुँदा किसान चिन्तित बनेका हुन् ।
भदौ र असोजमा ठूला–ठूला किबीका दाना देखेर दङ्ग परेका शैलुङका रामबहादुर खत्री पाकेको किबीले बजार नपाउँदा निरास बनेका छन् । कोरोना भाइरसको कारण लामो समय बन्द भएका सहर बजारमा व्यापार ठप्प भएको कारण किबिको माग र व्यापार न्युन रहेको हो । गत वर्षको जस्तो यो वर्ष किबीको माग नरहेकाले व्यापार पनि खासै नभएको व्यापारीहरूले बताएका छन् ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया