धान बेच्न पालो कुर्दै किसान
बीरेन्दं कर्ण
बीरगञ्ज ।
संघीय सरकारले यसवर्ष किसानबाट धान खरिद गर्न बजारभाउभन्दा आठ प्रतिशत बढी समर्थन मूल्य निर्धारण गरेको छ । मूल्य निर्धारणसँगै बारा बरैनियाका किसान सञ्जय कुमारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वीरगञ्ज शाखालाई धान बेच्न एका बिहानै सो कार्यालयमा आइपुगेका थिए । आफूले उत्पादन गरेको धान बेच्न पाउँदा उनी खुशी देखिन्थे ।
यसैगरी बारा धर्मपुरका किसान गगनदेवप्रसाद यादवले सो कार्यालयलाई धान बेचेर एकमुष्ट रकम पाएपछि उनको खुशीको सीमा रहेन । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय वीरगञ्जले यही मंसिर ११ गतेदेखि धान खरिद गर्न थालेपछि बारा र पर्साका किसान अहिले आफ्नो पालो कहिले आउँछ भनेर पर्खिएर बसेका छन् । यसपाली संघीय सरकारले किसानबाट धान खरिद गर्ने मूल्य निजीस्तरका गल्ला व्यापारीभन्दा सोना मन्सुली धान आठ प्रतिशत बढी खरिद मूल्य तोकेपछि किसानले आफूले उत्पादन गरेको धान खाद्य व्यवस्था कम्पनीलाई धान बेच्न किसानको लर्को लागेको छ ।
यसवर्ष संघीय सरकारले सोना मन्सुली धान प्रति क्विन्टल दुई हजार आठ सय ८५ रुपैयाँ र जिरा मसिनो धान प्रतिक्विन्टल दुई हजार नौ सय रुपैयाँमा खरिद गर्ने मूल्य तोकेको छ । बारा पर्साका किसान खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई धान बेच्न पाएकोमा खुशी रहेको पर्सा बैरियाविर्ताका किसान अवधेशप्रसाद गुप्ताले बताए ।
धानको बोरा बोकेर गोरुगाडा, ट्र्याक्टरसहित किसान बिहानै कार्यालयमा आइपुग्ने गरेकाले कार्यालय परिसरमै धान खरिद गर्न थालिएको छ । कार्यालय प्रमुख विकास कटुवालले भने, ‘यस वर्ष राम्रै मूल्य पाएकै कारण सोचे भन्दा बढी किसान धान बेच्न आउने गरेका छन् ।’ यसवर्ष सोना मन्सुली धान तीन हजार मेट्रिक टन र जिरा मसिनो धान ५०० मेट्रिक टन खरिद गर्ने लक्ष्य लिइएको छ ।
सरकारले यसवर्ष धान खरिदको समर्थन मुल्य बढाएपछि बारा र पर्साका किसान निजी गल्ला व्यापारीलाई धान नबेची संस्थानलाई धान बेच्न आउने गरेका छन् । सरकारले दिएको लक्ष्य अनुसार यसवर्ष आठ करोड ६५ लाख ५० हजा रुपैयाँ मूल्यबराबरको तीन हजार मेट्रिक टन सोना मन्सुली धान र एक करोड ४५ लाख रुपैयाँ मूल्यबराबरको ५०० मेट्रिक टन जिरा मसिनो धान खरिद गर्ने लक्ष्य राखेको सूचना अधिकारी मुनिलाल कुशवाहाले बताए ।
व्यापारीको धानमा मिसावट हुने गरेको तथा किसानको धानमा मिसावट नदेखिएकाले कार्यालयले किसानको धान मात्र खरिद गर्न थालेको छ । कार्यालयले धान खरिद गर्दा १८ प्रतिशत सुकेको, दुई प्रतिशत भन्दाबढी मिसावट नभएको र पाँच प्रतिशतसम्म बिगे्रको धान खरिद गर्ने गरेका छन् । सो कार्यालयले धान खरिद गर्दा किसानको नागरिकता वा लालपूर्जाको फोटोकपी, स्थानीय तहले किसान हो भनेर सिफारिस गरेको प्रतिलिपि भएमात्र धान खरिद गर्ने गरेको छ ।
त्यस्तै धान बेच्न आउने किसानले आफू किसान हुँ, कार्यालयलाई धान बेचेको भनेर घोषणापत्रमा हस्ताक्षरसमेत गर्नुपर्ने व्यवस्था गरिएको छ । संघीय सरकारले तोकेको धानको समर्थन मूल्य गत वर्षभन्दा यसवर्ष आठ प्रतिशतले बढी भएको छ भने जिल्ला प्राथमिक खरिद समितिले तोकेको जिरा मसिनो धानको मूल्य गत वर्षभन्दा यस वर्ष सात प्रतिशतले कम छ ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया