कृषक प्रोत्साहनका कार्यक्रमलाई प्रभावकारी बनाउँदै रोहिणी
पोसकान्त पोखरेल
बुटवल ।
रोहिणी गाउँपालिका रूपन्देहीले कृषि क्षेत्रको विकासका लागि कृषक प्रोत्साहनका कार्यक्रमहरूलाई प्रभावकारी बनाउने रणनीति अपनाएकोे छ । गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवका अनुसार गाउँपालिकाले केही समय अघि ५० प्रतिशत अनुदानमा २९ टन भन्दा बढी उन्नत जातको गहुँको बीउ वितरण गरेको छ । गाउँपालिकाले वितरण गरेको उन्नतजातको गहुँको बीउबाट सात सय ४० जना कृषकहरू प्रतक्ष लाभान्वित भएका छन् भने गहुँको उत्पादन बृद्धि हुने विश्वास लिएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले उक्त गहुँको बीउ वितरणबाट ठुला कृषकहरू भन्दा बढी दुई/चार कठ्ठा खेतबाट जीवनयापन गर्ने साना किसानहरू बढी लाभान्वित भएको बताए । उनले कृषि सर्वसाधारणको प्रमुख आर्थिक श्रोत भएको बताउँदै उत्पादनमा हुने बृद्धि नै आर्थिक श्रोत मजवुत बनााउने आधार रहेको बताए ।
‘हामी कृषकहरूलाई साना भन्दा साना समस्याहरूलाई समाधान गर्दै उत्पादन र उत्पादकत्व बढाउने कुरामा बढी केन्द्रित भएका छौं’, उनले भने, ‘सिजनेवल उत्पादनलाई यथावत राखेर अफ सिजनेवल उत्पादनमा पनि ध्यान केन्द्रित गर्दै गएका छौं । सिजनेवल उत्पादनले भन्दा अनसिजनेवल उत्पादनको बजार मूल्य बढी हुन्छ । जसको प्रत्यक्ष लाभ कृषकहरूलाई नै हो ।’
चालु आर्थिक बर्षको साढे चार महिनामा करिब १५ प्रतिशतको सेरोफेरोमा वित्तीय प्रगति भएको जानकारी गराउँदै न्यौपानेले उपभोक्ता समिति गठन गर्ने, स–साना योजनाहरू कार्यान्वयनमा ल्याउने, ठुला योजनाहरूलाई टेण्डर प्रक्रियामा लैजाने, अल्यागरिएका योजनाहरूमा कार्यसम्पादन गर्ने, कृषक प्रोत्साहनका कार्यक्रमहरू अन्तर्गत बीउविजन वितरण गर्ने, प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउन दु्रत गतिमा औषधी उपचारको लागि स्वास्थ्य संस्था सम्म पु-याउन एम्बुलेन्स खरिद गर्ने लगायतका कामहरू सञ्चालन भएको बताए ।
गाउँपालिकाका प्रत्येक वार्डलाई एक करोड १५ लाख रूपैयाँको सेरोफेरोमा चालुतर्फ र पुँजीगततर्फ बजेट विनियोजन भएको जानकारी गराउँदै लेखा अधिकृत कृष्ण प्रसाद ज्ञवालीले कूल ६३ करोड २० लाख ५२ हजार नौ सय १४ रूपैयाँ बजेट विनियोजन भएको बताए । उनले सामाजिक सुरक्षा भत्ता, विपद व्यावस्थापन बाहेक चालुतर्फ २८ करोड २४ लाख २६ हजार नौं सय १४ रूपैयाँ रहेको छ भने पुँजीगत तर्फ १५ करोड २० लाख ७६ हजार रूपैयाँ रहेको जानकारी गराए ।
बजेटमा उल्लेखित उक्त रकम पुर्तीका लागि आन्तरिक आम्दानीबाट ६० लाख रूपैयाँ, मालपोत राजस्व बाँडफाँडबाट ६० लाख रूपैयाँ, संघीय सरकारबाट प्राप्त ३९ करोड ४३ लाख १३ हजार नौं सय चौध रूपैयाँ, प्रदेश सरकारबाट प्राप्त तीन करोड २७ लाख ३९ हजार रूपैयाँ सामाजिक सुरक्षा भत्ता वापत आठ करोड ८० लाख रूपैयाँ, सडकबोर्ड वापत दश लाख रूपैयाँ बजेट विनियोजनको उक्त समयमा बैंक मौज्दात आठ करोड रूपैयाँ मुख्य श्रोत रहेको लेखा अधिकृत ज्ञवालीले बताए ।’
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही
- स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन
- चैनपुर सेतीसहित १४ वटा आयोजनाको विद्युत् अनुमतिपत्र जारी
- यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमय दर
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया