वैकल्पिक माध्यमबाट सहकारीका साधारणसभा
दोलखा ।
दोलखा जिल्लाभर रहेका सहकारी संस्थालाई यो वर्ष साधारणसभा गर्न कोरोना भाइरसका कारण असहज भएको छ । गत वर्षहरूमा साधारणसभा गरेर प्रस्तुत गरिने संस्थाका प्रतिवेदनहरू सहकारीले यसवर्ष भने रेडियो र अनलाइनमार्फत सार्वजनिक गर्ने भएका छन् । दुई नगरपालिका र सात गाउँपालिका रहेको दोलखा जिल्लाभित्र करिब पाँच सय सहकारी रहेका छन् । सदरमुकाम चरीकोट बजारमाकै ठूलो आर्थिक पूर्जी भएको मिलिजुली कालिञ्चोक सहकारीले एकीकरणपछिको पहिलो साधारणसभाका सम्पूर्ण प्रतिवेदन रेडियो र अनलाइनबाट सार्वजनिक गर्ने भएको छ ।
कोरोना भाइरसको कारण सहज ढङ्गले साधारणसभा गर्ने स्थिति नभएकाले रेडियो र अनलाइनको वैकल्पिक उपायबाट साधारणसभा गर्न लागिएको संस्थाका अध्यक्ष नारायणबहादुर श्रेष्ठले जानकारी दिए । अध्यक्ष श्रेष्ठका अनुसार सहकारी एकीकरणपछिका उपलब्धि तथा आर्थिक वर्ष २०७६/२०७७ को आयव्ययका प्रतिवेदन रेडियो तथा अनलाइनबाट प्रस्तुत गर्न लागिएको जानकारी दिए ।
यसैबीच सदरमुकाम चरीकोटमा रहेको जुनतारा कृषि सहकारीले पनि यस वर्ष आफ्नो ११औँ साधारणसभाका प्रतिवेदन तथा उपलब्धिहरू रेडियोमार्फत प्रस्तुत गर्ने भएको छ । त्यसैगरी सूर्यदय बचत तथा ऋण सहकारीले पनि आफ्नो २५औँ साधारणसभा रेडियोमार्फत गर्ने तयारी गरेको संस्थाका सचिव रबिन्द्र गौतमले जानकारी दिए । सयौं संख्यामा रहेका सेयर सदस्यको जंकाभेट र भिडभाडले कोराना भाइरस संक्रमण बढ्ने देखेपछि जिल्लाका साना ठूला सहकारीले यस पटक आफ्नो संस्थाका साधारणसभा वैकल्पिक माध्यमबाट गर्न लागेका हुन् ।
अघिल्लो वर्ष भदौको दोस्रो साता साधारणसभा सक्ने बैतेश्वर गाउँपालिका ५ मैनापोखरी बजारमा रहेका आर्थिक हिसाबले अब्बल मानिएका दुई ठूला सहकारी जनसचेतन र जनमुखी सहकारी संस्थाले यसवर्ष कोरोनाका कारण साधारणसभा गर्न ढिला भएको बताएका छन् । ३० हजारभन्दा माथि सदस्य रहेका जिल्लाकै ठूला मानिएका सहकारीले यो वर्ष वैकल्पिक उपाय खोज्दै आगामी मंसिर अन्तिम सातादेखि साधारणसभा गर्ने जनाएका छन् । यो पटक जिल्लाका बचत तथा ऋण, बहुउद्देश्यीय र कृषि सहकारीले आगामी निति तथा कार्यक्रमका विषयमा छलफल गर्न प्रतिवेदन र खाजा भत्ता बोकेर सदस्यको टोलटोल पुग्ने गरेका छन् ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- सहरमा भुस्याहा कुकुरको व्यवस्थापन
- भ्रष्टाचारको आरोपमाथि स्वतन्त्र छानबिन गर
- क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको अध्यक्षमा पुनः न्यौपाने
- नाम्दु सबस्टेसन मंसिरभित्रै सञ्चालनमा आउने
- उत्पादनको १७ प्रतिशत कफी विदेश निर्यात
- टेलिकमको नाफामा गिरावट
- अवैध सुनको आयात बढ्दा भारतीय रूपैयाँको मूल्य बढ्यो
- बैंकहरूले घटाए ब्याजदर
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया