सहकारीलाई कृषि सामग्रीहरू हस्तान्तरण
स्याड.जा ।
पुतलीबजार नगरपालिकाले नवज्योति कृषि सहकारीलाई कृषि सामग्री हस्तान्तरण गरेको छ । नगरपालिकाले सहकारीलाई कस्टम हायरिङ सेन्टरअन्तर्गत विभिन्न सामग्रीहरू हस्तान्तरण गरेको हो । सामग्री हस्तान्तरण गर्दै पुतलीबजार नगरपालिका प्रमुख सिमाकुमारी क्षेत्रीले कोरोनाका कारण रोजगारी गुमेका युवाहरूलाई कृषि सामग्री वितरण गर्ने कार्यक्रमअन्तर्गत कृषि सामग्री वितरण गरेको जानकारी दिइन् । नगरप्रमुख क्षेत्रीले पुतलीबजार नगरपालिकाले कृषिमा धेरै काम गरेको बताउँदै पुतलीबजार कृषि क्षेत्रमा आत्मनिर्भर हुन सक्ने बताइन् ।
क्षेत्रीले सहकारीलाई उद्देश्य पूरा गर्न अनुरोध गर्दै पुतलीबजार नगरपालिकाले अझै कृषिमा लगानी गर्ने बताइन् । कार्यक्रममा थे्रसर, चेन्स, डिगर मेसिन, स्पेअर र ठेला गाडासहित नौ प्रकारका सामग्री हस्तान्तरण गरिएको थियो । सामग्री बुझ्दै सहकारीका अध्यक्ष हिलबहादुर रानामगरले सामग्रीहरूको सही सदुपयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
पुतलीबजार नगरपालिका र यूएनडीपीको आर्थिक सहयोग र सूर्याेदय क्लब बोडखोलाको व्यवस्थापनमा सञ्चालित कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजनाअन्तरर्गत सामग्री हस्तान्तरण गरिएको हो । पुतलीबजार नगरपालिकाले पछिल्लो समयमा कृषकहरूलाई आवश्यकताअनुसार सामग्री वितरण गर्दै आएको छ । कृषकहरूले उत्पादन गरेका कृषि उत्पादनहरू पालिकाकाले बिक्रीवितरण गर्ने व्यवस्था मिलाइने जनाएको छ ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया