व्यावसायिक तरकारी खेतीमा आकर्षण
दोलखा ।
दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर ७ का किसानहरू व्यावसायिक तरकारी खेतीमा आर्कर्षित भएका छन् । साथै उनीहरूले तरकारी खेतीबाट राम्रो आम्दानी समेत लिने गरेका छन् । भीमेश्वर नगरपालिका वडा नम्बर ७ मकैबारीका स्थानीयले वर्षौँदेखि आम्दानीको मुख्य स्रोत नै तरकारी खेतीलाई बनाउँदै आएका छन् । तरकारी उत्पादनको पकट क्षेत्रका रूपमा मानिने मकैबारीबाट वार्षिक छ करोडबराबरको तरकारी उत्पादन हुँदै आएको छ । सदरमुकाम चरीकोटदेखि करिब तीन किलोमिटरमा रहेको मकैबारीको प्राय सबै भू–भाग खेतीयोग्य रहेको छ । विशेषगरी यहाँका किसानले छोटो समयमै राम्रो आम्दानी हुने तरकारी लगाउने गरेका छन् ।
यतिबेला यहाँका खेतबारी हरियो सागपातले भरिएको छ । सिजनमा यहाँका किसानले दैनिक दुई लाखबराबरको तरकारी काठमाडौँमा पठाउँदै आएका छन् । मकैबारीमा विगत १५ वर्षदेखि तरकारी खेती गर्दै आएका पपु तामाङले १० रोपनी जमीनमा साग र काउली खेती गरेका छन् । यसबाट वार्षिक पाँचदेखि छ लाखसम्म आम्दानी हुने उनले बताए । उनले खेतबारीमा सिजनअनुसारको तरकारी लगाउने गरेका छन् । गतवर्षको भन्दा यो वर्ष उत्पादन राम्रो भएको उनले बताए ।
गतवर्ष करिब साढे चार लाख रूपैयाँको तरकारी उत्पादन गरेका तामाङ यो छ लाख रूपैयाँसम्मको तरकारी उत्पादन हुने बताउँछन् । सिँचाइको पर्याप्त सुविधा रहेको सिङ्गो गाउँका किसान अहिले दैनिक दुई सयदेखि चार सय केजी साग काठमाडौँ पठाउने गर्छन् । उपत्यकामा उत्पादन हुने तरकारीभन्दा दोलखाको तरकारीको माग बढेकोले काठमाडौँमा तरकारी खपत बढेको स्थानीय कृषक कृष्ण तामाङले बताए । उनले पनि आफ्नो १५ रोपनी जग्गामा तरकारी लगाएका छन् । उनले लगाएको तरकारी लिन व्यापारी गाडी र मान्छे लिएर गाउँमै आउने गरेका छन् ।
काठमाडौँ उपत्यकादेखि मकैबारी नजिक रहेकोले पनि तरकारी लिन बिचौलियाहरूले मरिहत्ते गर्नेगरेको उनले बताए । छ जनाको परिवार रहेको अर्जुन दाहालले पनि तरकारी खेतीबाटै आफ्नो परिवारको खर्च धानेका छन् । साथै वार्षिक तीन लाख रूपैयाँसम्म बचत गर्नेगरेको उनले बताए । मकैबारीका धेरैजसो किसानले उत्पादन गरेको तरकारी धादिङका तरकारी व्यापारी रामचन्द्र सुवेदीले खरिद गर्दै आएका छन् । भीमेश्वर नगरपालिका मकैबारीलगायतका ठाउँमा उत्पादन भएको तरकारी आफूले खरिद गरेर काठमाडौँ लगेर बिक्री गर्नेगरेको उनले बताए । किसानलाई राहत होस् भन्ने उद्देश्यले तरकारी खेतीको समय मलबीउ पनि आफैँले व्यवस्था गरिदिने गरेको पनि उनको भनाइ छ ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- मङ्सिर १५ गते ‘टुर दी बाँके नेसनल पार्क’ को आयोजना
- ऐतिहासिक चन्दन भराटेश्वर महादेव मन्दिर परिसरमा पूर्वाधार निर्माण थालियो
- नेपाल र बङ्गलादेशबीच जलवायुका विषयमा सहकार्यकोे महत्व छ: मन्त्री शाही
- कांग्रेस आकस्मिक बैठक: शोक प्रस्ताव पारित, दुई दिन आधा झण्डा झुकाउने
- पूर्वसभामुख ढुङ्गानाप्रति देउवाद्वारा श्रद्धाञ्जली अर्पण
- प्रधानमन्त्री ओलीद्वारा पूर्वसभामुख ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण
- आर्जन सहकारीको सम्पूर्ण सूचक सकारात्मक
- घोराही सिमेन्टको ‘ढलाई मिक्स पीपीसी सिमेन्ट’ बजारमा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया