कृषकलाई आत्मनिर्भर बनाउन प्रत्येक वडामा हाटबजार
गुल्मी ।
गुल्मीको मालिका गाउँपालिका वडा नं ७ घमिरकी बेदकुमारी लम्साललाई आजभोलि भ्याइनभ्याइ छ । लम्साल पछिल्लो समय खेत र बारीमा मौसमअनुसारका फलफूल साथै तरकारी उत्पादन गर्न विहानदेखि बेलुकासम्म व्यस्त हुन्छिन् । उनले बारीमा विभिन्न जातका तरकारी र फलफूल उत्पादन गरेकी छन् । त्यस्तै मालिका गाउँपालिका ६ का ढालबहादुर विष्टको पछिल्लो दैनिकी पनि फेरिएको छ । उनले पनि विभिन्न जातका तरकारीहरू उत्पादन गर्नेगरेका छन् ।
उनीहरूले खेतबारीमा उत्पादन गरेका तरकारी र फलफूललाई बजारीकरणको कुनै समस्या छैन । उनीहरू आफूले उत्पादन गरेका कृषि उपज गाउँपालिकाले सञ्चालन गरेको हाटबजारमा लगेर बिक्री गर्दै आएका छन् । घरमा उत्पादन भएका तरकारी तथा फलफूलको आम्दानीले घरखर्च चलाउन सहज भएको बताउँछन् । कृषक विष्ट भन्छन्– ‘गाउँपालिकले हाटबजारलाई दीर्घकालीन योजना बनाई निरन्तरता दिन सकेमा बिचौलियाबाट कृषक ठगिनुपर्ने थिएन् ।’ सबै वडामा हाटबजार सञ्चालन हुँदा मालिकाका कृषक उत्तिकै उत्साहित छन् ।
गाउँपालिकले जिल्लामै पहिलो पटक प्रत्येक वडामा प्रत्येक दिन हाटबजार सञ्चालन गरेको हो । कृषि उपजलाई बजारीकरण तथा कृषकलाई कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ प्रत्येक वडामा हाटबजार सञ्चालनमा ल्याएको मालिका गाउँपालिकाले जनाएको छ । कृषि तथा पशुजन्य उत्पादन वृद्धि गरी उपयुक्त बजार पहुँच सुनिश्चित गर्ने गत मंसिर १४ गतेदेखि गाउँपालिकामा हाटबजार सञ्चालन ल्याएकोे छ ।
मालिका गाउँपालिकामा आठवटा वडा रहेका छन् । गाउँपालिकाद्धारा सञ्चालन गरिएका हाटबजारमा स्थानीयस्तरमा उत्पादन भएका मुला, सिन्की, लोकल कुखुरा, बोका, सुन्तला, भकिम्लो, बेसार, खुसार्नी, बन्दागोभी, फूलगोभी, धनियाँ, स्थानीय उत्पादन हसिँया, भुजेरी, चाल्नालगायतका सामग्रीहरू हाटबजार स्टलमा कृषकले ल्याउने गरेको मालिका गाउँपालिकाका प्रवक्ता तथा वडा नं ६ का वडा अध्यक्ष शोभाखर गिरीले जानाकारी दिए । आफ्नै गाउँमा उत्पादन भएका तरकारी तथा फलफूललाई हाटबजारको माध्यमबाट बिक्रीवितरण गर्न पाउँदा उत्साहित छन् । गाउँपालिकाले सञ्चालन गरेको हाटबजारलाई व्यावस्थित गर्न स्थानीय सरकारसँग माग राखेका छन् ।
हरेक कृषकले घर घरमा उत्पादन गरेका उपजलाई हाटबजारको माध्यमबाट प्रचारप्रसार गरी कृषकको उत्पादनलाई वृद्धि गर्ने तयारीमा मालिका गाउँपालिका रहको छ । गाउँपालिकाले सञ्चालन गरेको हाटबजारमा स्टल राख्ने कृषकलाई दैनिक ५० रूपैयाँ दिने व्यवस्था मिलाएको छ । कृषिमा २० लाख, पशुपालनमा २० लाख गरी ४० लाख रकम बजेट विनियोजन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक भण्डारीले बताए । कृषकले उत्पादन गरेका कृषि उपज सहकारीमार्फत तम्घास बुटवललगायतका बजारमा बजारीकरण गर्ने तयारीमा गाउँपालिका रहेको प्रमुख प्रशासकीय अधिकृत भण्डारीले जानकारी दिए ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया