चेतनशील क्षमता सहकारीको साधारणसभा
दोलखा ।
दोलखाको बैतेश्वर गाउँपालिका– ६ नाम्दुमा रहेको चेतनशील क्षमता बचत तथा ऋण सहकारी संस्थाले २५औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । सहकारीले २५औँ वर्षमा आइपुग्दा छ करोड ७२ लाख ८२ हजार पाँच सय १७ रूपैयाँ कुल पुँजी जम्मा गर्न सफल भएको छ । चेतनशील क्षमता बचत तथा ऋण सहकारीको सेयर पुँजी ६४ लाख ५२ हजार आठ सय रूपैयाँ र नाफा ३० लाखको रहेको संस्थाका कोषाअध्यक्ष बलराम घिमिरे प्रस्तुत गरेको आर्थिक वर्ष २०७६/०७७ आर्थिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।
संस्थाले नाम्दु दाहालटारमा रहेको क्षमता अभिवृद्धि बचत तथा ऋण सहकारी संस्थासँग एकीकरण समेत गरेको छ । यस सहकारीको सेयरधनी हाल एक हजार सात सय ६७ जना रहेका छन् । संस्थाका अध्यक्ष पुन्यप्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न साधारणसभामा लेखा समितिको प्रतिवेदन संस्थाका लेखा संयोजक रामशरण घिमिरेले प्रस्तुत गरेका थिए । बैतेश्वर गाउँपालिका उपाध्यक्ष रबिचन्द्र आचार्यको प्रमुख आतिथ्यतमा भएको साधारणसभामा सहकारीले कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै जिल्लाका चारवटा सामुदायिक रेडियोहरूबाट कार्यक्रमको प्रत्यक्ष प्रसारण गरेको थियो ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया