सुन्द्रावतिमा हुर्किदै चियाका बोट
दोलखा ।
दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्बर ९ सुन्द्रावतिमा २७ हजार वटा चियाका विरुवा एकनासले हुर्किरहेका छन् । अघिल्लो वर्ष वडा कार्यालयले दुई लाख लगानी गरेर कार्यालय नजिकको खाली जग्गामा विरुवा रोपेको थियो । २०७५ सालमा १८ हजार र ०७६ सालमा ९ हजार चियाका विरुवा लगाएको वडा अध्यक्ष रामप्रसाद मैनालीले जानकारी दिए ।
अहिले ईलामबाट प्राविधिक बोलाएर विरुवाको कटिङ गरिएको मैनालीले बताए । हाल २७ हजार चियाका विरुवाको पात तथा डाठको कटिङ गरिएको छ । उत्पादन दिनुअघि चियाको विरुवालाई ६ इन्च, ८ इन्च र १२ इन्चमा कटिङ गरिन्छ । वडाध्यक्ष मैनालीले गाउँपालिकामै पहिलो पटक धेरै संख्यामा चियाका विरुवा खरिद गरेर चिया खेती सुरु गरेको बताए । अबको सात आठ महिना पछिबाट सुन्द्रावतिको चिया बगनबाट चिया उत्पादन हुने उनको भनाई छ । वडाले यसवर्ष आफैंले चियाका विरुवा उत्पादन गरेर अन्य ठाउमा समेत चिया खेती विस्तार गरेको छ ।
कृषिमा लगानी गर्दै किसानलाई अनुदानमा विभिन्न मल, बिउविजन तथा कृषिऔजार वितरण गर्दै आएको कालिञ्चोक गाउँपालिकाले पालिकाको वडा नम्बर १ र ५ मा व्यवसायीका किवि खेती सुरु गरेको छ । वडा नम्बर एक कालिञ्चोकको क्याङपोल बेगुम्पा तथा गाउँपालिकाको वडा नम्बर ५ को लापिलाङ लगायतका क्षेत्रमा यसअघि थोरै थोरै क्षेत्रफलमा स्थानीय नामसालिङ सामुदायिक विकास केन्द्रको सहयोगमा कृषकले किबी खेती सुरु गरेका थिए । यस वर्षपनि अनुदानमा किबिका विरुवा पाएपछि व्यावसायिक रूपमा सो खेती गर्न स्थानीयहरू उत्साहित देखिएका गाउँपालिका अध्यक्ष विनकुमार थामीले बताए ।
पछिल्लो समय कृषकको रोजाइमा परेको किबी फललाई थप विकास गर्न कालिञ्चोक गाउँपालिकाको अगुवाइमा वडा नम्बर एकलाई पकेट क्षेत्र समेत घोषणा गरिसकेको छ । प्रधानमन्त्री कृषि आधुनिक परियोजनाअन्तर्गत पकेट क्षेत्र घोषणाका लागि कम्तीमा दुई सय रोपनी जग्गा र एक हजार बिरुवा लगाउनुपर्ने प्रावधानअनुरूप गाउँपालिका र केही गैरसरकारी संस्थाहरूसमेतको लगानीमा एक नम्बर वडाको भित्रिखर्कलाई पकेट क्षेत्र घोषणा गरिएको अध्यक्ष थामीले जानकारी दिए । भित्रिखर्कमा दुई सय रोपनी जग्गा छनोट भइसकेको र एक हजार बिरुवा रोप्न किसान तयार भएको गाउँपालिकाले जनाएको छ ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- दुर्गा प्रसाईँको कसुर ‘पटके अपराध’ कायम भयो भने सजायमा के फरक पर्छ
- नेपाल-भारत सीमा सुरक्षा अधिकारीको बैठकमा छलफल भएका मुख्य चार विषय
- राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिन रक्षा मन्त्रीको जोड
- विद्युत् विकासका लागि जर्मनीले एक अर्ब ४६ करोड अनुदान दिने
- बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
- शान्ति प्रक्रियालाई शीघ्र टुङ्ग्याउनुपर्नेमा आयोगको जोड
- अष्ट्रेलियाका राजदूत र प्रधानमन्त्री ओलीबिच शिष्टाचार भेट
- विश्व खाद्य संगठनका प्रतिनिधि र ऊर्जामन्त्री खड्काबिच भेटवार्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया