ह्याचरी उद्योगलाई तङ्ग्रिन नै गाह्रो
बीरगञ्ज ।
कोरोना भाइरस (कोभिड–१९) महामारीले ह्याचरी उद्योग प्रभावित भएकोे छ । गत चैतदेखि साउनसम्म थला परेको स्वदेशी ह्याचरी उद्योग अझै लयमा आउन सकेको छैन । अहिले पनि निकै समस्याको सामना गर्नुपरेको ह्याचरी उद्योगीहरूले बताएका छन् । नेपालमा करिब तीन सय २० वटा ह्याचरी उद्योग सञ्चालनमा रहेको उद्योगीहरू बताउँछन् । न्यूनतम १० करोडदेखि अढाइ अर्ब रुपैयाँसम्मको उद्योगहरू अहिले सञ्चालनमा छन् ।
कोरोना महामारीको कारण लामो समय थलिएको ह्याचरी उद्योग अब भने केही तङ्ग्रिन थालेको तर समस्या धेरैै भएकाले अपेक्षित प्रगति हुन नसकेको ह्याचरी उद्योग संघका वरिष्ठ उपाध्यक्ष ऋषि पौडेल बताउँछन् । पौडेलका अनुसार ह्याचरी उद्योगले गत चैतदेखि साउनसम्म मासिक करिब एक करोड २० लाख चल्लाको दरले छ करोड चल्ला जमीनमुनि गाडेर नष्ट गर्नुपरेको थियो । सोही कारण ह्याचरी उद्योग ठूलो घाटामा गएको हो ।
‘पहिलेको अवस्थाभन्दा बिस्तारै ह्याचरी उद्योग तङ्ग्रिन थालेको छ’, उनले भने– ‘तर पर्याप्त मात्रामा विदेशबाट मगाइने माउ कुखुरा ल्याउन नसक्दा समस्या भइरहेको छ । पहिले ६० रुपैयाँमा पाइने माउ कुखुरा अहिले विमान चार्टर्ड गरी प्रतिकुखुरा दुई सय रुपैयाँमा ल्याउनुपरेको छ ।’ चितवनको एक उद्योगले थाइल्यान्डबाट बोइलर जातिको माउ कुखुरा (प्यारेन्ट्स) दुई सय रुपैयाँको दरमा एउटा विमान चार्टर्ड गरी २९ हजार प्यारेन्ट्स मगाएको छ । ह्याचरी उद्योगको पाकेट क्षेत्र चितवन मानिन्छ । चितवनपछि काठमाडौँ, पोखरा, विराटनगर, भैरहवा र वीरगञ्जमा पनि पछिल्लोपटक ह्याचरी उद्योगमा ठूलो लगानी थपिँदै गएको छ ।
हप्तामा ३० लाख चल्लाको नेपालमा खपत छ । कोरोना महामारीले प्यारेन्ट्स आयातमा समस्या देखिएपछि अधिकांश उद्योगले चल्ला उत्पादन घटाएको संघका वरिष्ठ उपाध्यक्ष पौडेल बताउँछन् । उनले भने– ‘चाहिएको मात्रामा चल्ला उत्पादन हुन सकिरहेको छैन ।’ कोभिडभन्दा पहिले प्रतिचल्ला ४० रुपैयाँमा बिक्री भइरहेको थियो भने अहिले केही उद्योगले चल्लाको मूल्य बोइलरको ६० रुपैयाँ र लेयर्सको एक सय रुपैयाँ तोकेको छ ।
लेयर्सको माउ कुखुरा मगाउँदा ५० प्रतिशत भाले र ५० प्रतिशत पोथी हुने भएकाले लेयर्स कुखुराका चल्लाको दाम सय रुपैयाँ तोकिएको हो । पोषक ब्रिडर्स प्रालि हटिया हेटौँडाका सञ्चालक राजेश रूँगटाका अनुसार युरोपमा कोरोनाको नयाँ संक्रमण देखा परेकोले अन्तर्राष्ट्रिय विमान सेवा ठप्प भएर उत्पादन कम भएको हो । उनले हाल चल्लाको उत्पादन विगतमा भन्दा ७५ प्रतिशत कटौती गरी २५ प्रतिशतमा झारिएको बताए ।
उनले भने– ‘पहिले हप्तामा ३० लाख चल्लाको खपत थियो तर हप्तामा ४५ लाख चल्ला उत्पादन भइरहेको थियो, अहिले माग र उत्पादन हप्तामा ३० लाख चल्लाको हाराहारीमा भएकोले मूल्यमा केही प्रतिशत वृद्धि भएको हो ।’ उनको उद्योगमा पहिले ४५ हजार बोइलरको प्यारेन्ट्स थियो भने अहिले ३० हजार मात्र छ । यसले चल्ला उत्पादनमा समस्या भइरहेको उनले बताए । बोइलर खासगरी थाइल्यान्ड, मलेसिया, फिलिपिन्स र अस्ट्रेलियाबाट मगाउने गरिन्छ भने लेयर्स जर्मनीबाट मगाउने गरिन्छ । तर कोरोना महामारीको कारणले उक्त मुलुकहरूबाट कुखुराको माउ मगाउन समस्या भइरहेको छ ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- दुर्गा प्रसाईँको कसुर ‘पटके अपराध’ कायम भयो भने सजायमा के फरक पर्छ
- नेपाल-भारत सीमा सुरक्षा अधिकारीको बैठकमा छलफल भएका मुख्य चार विषय
- राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिन रक्षा मन्त्रीको जोड
- विद्युत् विकासका लागि जर्मनीले एक अर्ब ४६ करोड अनुदान दिने
- बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
- शान्ति प्रक्रियालाई शीघ्र टुङ्ग्याउनुपर्नेमा आयोगको जोड
- अष्ट्रेलियाका राजदूत र प्रधानमन्त्री ओलीबिच शिष्टाचार भेट
- विश्व खाद्य संगठनका प्रतिनिधि र ऊर्जामन्त्री खड्काबिच भेटवार्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया