बैतेश्वरमा ५० हजार पशुको स्वास्थ्य बीमा
सुबास बस्नेत
दोलखा, फागुन ७
बैतेश्वर गाउँपालिकाले पशुपालक किसानकै घरमा पुगेर सुरक्षित पशु बीमा कार्यक्रम सुरु गरेको छ । पालिकाले चालू आर्थिक वर्षमा बजेट नै विनियोजन गरेर पशु बीमा कार्यक्रम अघि सारेको हो । बैतेश्वर गाउँपालिकाभित्रका ८ वडाका स्थानीय पशुपालक किसानलाई लक्षित गरेर पशुधन सुरक्षित गर्नको लागि पशु बीमा कार्यक्रम अघि सारेको गाउँपालिकका अध्यक्ष छवि लामाले जानकारी दिए ।
पालिकाले गत साताबाट सुरु गरेको साना ठूला पशुको बीमा कार्यक्रम तीव्ररूपमा गरिरहेको बैतेश्वर गाउँपालिकाका पशु स्वास्थ्य शाखा अधिकृत शान्तिप्रसाद दाहालले बताए । अधिकृत दाहालका अनुसार हालसम्म अनुमानित करिब तीन करोड मूल्यबराबरका २५ सय साना–ठूला पशुको बीमा गरिसकेको उनले बताए । जसमध्ये पशु सुरक्षाबापतको ७५ प्रतिशत बीमा रकम नेपाल सरकारले दिनेछ भने बाँकी किसानले तिर्नुपर्ने २५ प्रतिशत रकम गाउँपालिकाले तिरिदिनेछ ।
हाल बैतेश्वर गाउँपालिकाको वडा नम्बर १ मा एक करोड २० लाख ७१ हजार मूल्यबराबरका नौ सय ४३ वटा बाख्रा र एक सय ८१ वटा गाई, भैंसीलगायतका ठूला पशुको बीमा गरिएको छ । यी सबै पशुको सुरक्षाबापत पाँच प्रतिशतले हुन आउने छ लाख रकम पालिकाले किसानलाई दिनेछ । त्यसैगरी २ नम्बर वडामा ५४ लाख ३५ हजारबराबरका तीन सय ३३ बाख्रा, भेडा र एक सय ४६ वटा ठूला पशुको बीमा गरिएको छ । बीमाको पाँच प्रतिशतले हुन आउने ६५ हजार नौ सय रकम पालिकाले दिनेछ ।
यता पालिकाको वडा नम्बर ३ मा ११ लाख, ९५ हजारबराबरको एक सयवटा साना–ठूला पशुको बीमा गरिएको छ । त्यसको बीमाबापतको पाँच प्रतिशतले हुनआउने १४ हजार नौ सय रकम पालिकाले किसानलाई सिधै भुक्तानी गर्नेछ । यो सबै रकम जोड्दा करिब साढे दुई करोड मूल्यबराबरका पशुको स्वास्थ्य बीमा गरिसकेको गाउँपालिका सदस्य देवराज खत्रीले जानकारी दिए । उनका अनुसार अहिले वडा नम्बर १,२ का पशुको बीमा सकेर ३,४ मा रहेका दुईभन्दा ठूला पशु पाल्ने किसान र साना जातका १० भन्दा बढी भेडाबाख्रा पालन गर्ने किसानका पशुको स्वास्थ्य बीमा जारी रहेको सदस्य खत्रीले जानकारी दिए । पालिकाले फागुनभित्र सबै वडाका पशुको बीमा गरिसक्ने जनाएको छ ।
गाउँपालिकाले भेटेनरी प्रविधिसहितको टोली लगेर बीमा गरिरहेको छ । पालिकाको अनुमानअनुसार आठ वडाका २५ हजारभन्दा बढी ठूला पशु र ५० हजार बाख्रा जातका पशुको स्वास्थ्य बीमा गर्ने योजना बनाएको कार्यपालिकाका सदस्य खत्रीले बताए ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया