Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिमिर्गेमा रुद्राक्षको परीक्षण खेती सफल

मिर्गेमा रुद्राक्षको परीक्षण खेती सफल


दोलखा । रुद्राक्षको खेतीप्रति चासो देखाएर परीक्षण खेती गरेका जिल्लाको बैतेश्वर गाउँपालिका–३ मिर्गेका पवन दाहालले सफलता हात पारेका छन् । सात वर्षअघि धनकुटाबाट रुद्राक्षका बिरुवा ल्याएर परीक्षणको रूपमा पाँचवटा बिरुवा रोपेको थिए ।

उक्त रुद्राक्ष गतवर्षदेखि फल्न थालेको र राम्रो उत्पादन भएको दाहालले बताए । उनका अनुसार रोपेकामध्ये दुई बोटबाट गतवर्ष ६० केजी रुद्राक्ष फलेको थियो । अब दोलखामा पनि व्यावसायिकरूपमै रुद्राक्ष खेती गर्न सकिने उनले बताए । तराई तथा मध्यपहाडी जिल्लामा व्यावसायिकरूपमा रुद्राक्षको खेती गरिए पनि दोलखा यसको खेती विस्तार हुन् ।

दाहालले उत्पादन गरेको रुद्राक्ष छमुखे र सातमुखे रहेका छन् । भर्खरै फल्न सुरु गरेकाले बजारमा मूल्य थाहा नपाएका कारण बिक्री गर्न भने नसकेको उनले बताए । यस वर्षदेखि बजारमूल्य बुझेर रुद्राक्षका दाना बिक्री गर्ने तयारी गरेको उनको भनाइ छ । यसवर्ष पनि दुई बोट एक सय केजीको हाराहारीमा बाक्लो रुद्राक्ष फलेको दाहालले बताए । 


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x