स्याउखेतीमा रमाउँदै सोलुखुम्बु पत्तालेका युवा, गरे लाखौँ आम्दानी
सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका ८ पत्तालेका युवाहरूले स्याउखेतीबाट राम्रो आम्दानी लिन थालेका छन् । सो क्षेत्रका आठ जना युवाहरूले करिब दुई वर्षअघि सामूहिकरूपमा सुरु गरेको व्यावसायिक स्याउखेतीबाट अहिले राम्रो आम्दानी लिन थालेका हुन् । आफूहरूले कृषि एग्रो टुरीजम डेब्लोमेन्ट फर्ममार्फत एक सय ८६ रोपनी जग्गामा १८ हजार स्याउको बिरुवा रोपेको फर्म सञ्चालक कर्म शेर्पाले बताए ।
इटलियन जातको स्याउबाट यस आर्थिक वर्षमा पाँच लाखभन्दा बढी आम्दानी लिएको सञ्चालक शेर्पाको भनाइ छ । पहिलो पटक उत्पादन भएको स्याउ दुई महिनाअघिसम्म घुम्न आउनेहरूले फार्ममै आएर किनेकाले बजार खोज्न नपरेको शेर्पाले बताए । आगामी दिनमा ठूलो संख्यामा उत्पादन भएको स्याउबाट जुस, जामलगायत उत्पादन गर्ने योजना रहेको कृषकले बताएका छन् । आलु मात्रै उत्पादन हुने पत्ताले क्षेत्रमा युवाहरू मिलेर सुरुमा एक करोड लगानीमा तीन हजार स्याउको बिरुवाबाट सुरु गरेको खेतीमा अहिले १८ हजार बिरुवा पुगेका छन् ।
आलुखेतीबाट भन्दा स्याउबाट राम्रो आम्दानी लिन सकिने भएकोले यसतर्फ लागेको उनीहरूको भनाइ छ । व्यवसायीहरूले नेपाल सरकारअन्तर्गतको प्रधानमन्त्री कृषि आधुनीकीकरण परियोजनाबाट ५५ लाख ६२ हजार अनुदान समेत प्राप्त गरेका छन् । यसरी सरकारले प्रदान गरेको अनुदानले आफूहरूलाई झन् उत्साह थपिएको सञ्चालक शेर्पाले बताए । उनले भने, ‘आलुभन्दा स्याउबाट धेरै फाइदा रहेछ, हामी युवाहरू मिलेर जुनसुकै व्यवसाय ग-यौँ भने पनि राम्रै आम्दानी लिन सकिने रहेछ, स्याउखेतीबाट हामी त धेरै सन्तुष्ट छौँ ।’ झण्डै २८ मिटरको उचाइमा पर्ने पत्ताले क्षेत्रमा यसअघि व्यावसायिकरूपमा स्याउखेती गरिएको थिएन् । बुङको आलुको प्रख्यात पर्यटकीय स्थान पत्तालेलाई स्याउ उत्पादन हुने क्षेत्रको रूपमा समेत विकास गर्ने योजना रहेको युवा कृषकहरूले बताएका छन् ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
- दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने छ : उपप्रधानमन्त्री सिंह
- नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु
- गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता
- इन्फोडेभलपर्स र साङ्ग्रिला डेभलपमेन्ट बैंकबीच सम्झौता
- प्राइम कमर्सियल बैंकको साधारणसभा आह्वान
- कृति भेञ्चर फन्डले आईपीओ जारी गर्ने
- सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा ११ करोड ५३ लाख
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया