अर्थतन्त्र सुधारका लागि कृषिमा आधारित औद्योगीकरण आवश्यक
काठमाडौं । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले देशको वर्तमान आर्थिक अवस्थालाई सुधार गर्न कृषिजन्य उत्पादनमा आधारित उद्योग स्थापना गर्न आवश्यक रहेको बताएका छन् । कृषिजन्य उत्पादनलाई उद्योगमार्फत प्रशोधन गरेर बजार पठाउन सके किसानको जीवनस्तरमा सुधार ल्याउन र अर्थतन्त्र सुधारमा सहयोग पुग्ने उनको भनाइ छ ।
नेपाल कृषि सहकारी केन्द्रीय संघ लि.को आयोजना र जीआई जेटको सहयोगमा सुरु भएको दुईदिने कार्याशाला गोष्ठीमा बोल्दै उनले कृषि तथा पशुपालन क्षेत्रमा विकास भएको प्रविधिलाई नेपालमा पनि प्रयोग गर्न सकिने भन्दै उत्पादन, बजारीकरण र उद्यमशीलताको विकासका गर्नुपर्नेमा जोड दिए । राष्ट्रिय आत्मनिर्भताका लागि कृषि र पशुपालनजन्य उत्पादन बढाउनुको विकल्प नरहेको भन्दै पाण्डेले किसानका लागि पालिकास्तरबाट सहयोग आवश्यक रहेको बताए । कृषि कार्यका लागि पकेट क्षेत्रको घोषणा र उत्पादनमा आधारित अनुदानको व्यवस्था गर्नसके अहिले देखिएको कृषि अनुदानको अनियमितताको अन्त्य गर्न सकिने उनको भनाइ थियो । अहिले नेपालका अधिकांश किसानहरूले मलको अभावका कारण राम्रो उत्पादन र आम्दानी गर्न नसकिरहेको अवस्थामा रहेको र यस समस्याको समाधानका विषयमा केन्द्रीय संघले भूमिका खेल्न सक्ने पाण्डेले बताए । साना किसान सहकारीहरूले आफ्नै मल उद्योग स्थापना र सञ्चालन गर्नसक्ने भन्दै उनले यसका लागि केन्द्रीय संघको नेतृत्वले सोच्नुपर्ने बताए ।
यस्तै उनले जुन क्षेत्रमा जे सम्भावना छ, त्यसको पहिचान गरी सरकारले तोकिएको बालीका लागि किसानहरूलाई अनुदान प्रदान गर्नसक्ने उल्लेख गरे । किसानहरूलाई सीप, पुँजी, प्रविधि दिने र उत्पादित वस्तुको बजारको सुनिश्चितता गर्नसक्ने वातावरणका बनाउने नेपाल कृषि सहकारी केन्द्रीय संघ लि.ले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा नेपाल कृषि सहकारी केन्द्रीय संघ लि.का अध्यक्ष खेम बहादुर पाठकले कृषिजन्य वस्तुको बजारीकरण अहिलेको प्रमुख समस्या रहेको बताए । प्रविधिको प्रयोग गर्दै कृषिलाई उद्यमसँग जोड्न सके कृषिप्रतिको वर्तमान नकारात्मक सोच बदल्न सहयोग पुग्ने अध्यक्ष पाठकले दाबी गरे । अबको केही समयमै सात सय ५३ वटै पालिकामा कृषि सहकारीहरूको सञ्जालीकरण गर्ने र सहकारीमार्फत उत्पादिन वस्तुको बजारीकरणका लागि पहल गर्ने समेत उनले प्रतिबद्धता जनाए ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
- दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने छ : उपप्रधानमन्त्री सिंह
- नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु
- गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता
- इन्फोडेभलपर्स र साङ्ग्रिला डेभलपमेन्ट बैंकबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया