Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिबाँकेमा किसानको धान खरिद सुरु

बाँकेमा किसानको धान खरिद सुरु


नेपालगञ्ज । बाँकेका आठ स्थानीय तहमा उत्पादन भएको धान खरिद मंगलबारदेखि सुरु भएको छ । नेपालगञ्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जानकी गाउँपालिकाका १० किसानलाई धान बेच्ने कुपन दिएको छ ।

‘पहिलेजस्तो भिडभाडको अवस्था हुँदैन त्यसैले किसानलाई सहज बनाउन दिन तोकेर काम गरेका छौँ’, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्जका प्रमुख रामशरण लामिछानेले भने । उनले २५ हजार क्विन्टल धान खरिद हुने जानकारी दिँदै स्थानीय तहबाट वास्तविक किसान पहिचान हुनेगरी धान खरिद सुरु भएको उल्लेख गरे । खरिद गरिने धानमध्ये २० हजार छरुवा मध्यम र पाँच हजार मध्यम चामल हुने बताइएको छ । ‘पहिले टाठाबाठा भएका किसानले मात्रै कुपन पाउने र उनीहरूले मात्रै धान बेच्ने हुन्थ्यो तर अहिले वास्तविक किसानको पहिचानका आधारमा धान खरिद गरेका छौँ’, लामिछानेले भने । गत आर्थिक वर्षमा अधिक वर्षाका कारण लक्ष्य पूरा हुन नसकेको तर यस वर्ष धानको उत्पादन राम्रो भएका कारण लक्ष्य हासिल हुने लामिछानेले बताए ।

किसानले धान बेच्नका लागि स्थानीय सरकारको सिफारिसपत्र अनिवार्य गरिएको र यसले किसानलाई थप उत्तरदायी र जिम्मेवार बनाउने उनको भनाइ छ । किसानको धान एक जनाले ३० क्विन्टलसम्म बेच्न पाउने प्रावधान रहेको छ । धान बेच्न आएका जानकी गाउँपालिकाका किसान रूपबहादुर कार्कीले जतिबेला किसानलाई बीउ र मलखाद आवश्यक पर्छ त्यो बेला धान खरिद गर्दा किसानले राहत पाउने उल्लेख गर्दै समयमा नै किसानको धान खरिद गर्ने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरे । उनले आफूले डेढ बिघा खेतको मध्यम मोटा र मसिनो धान बेच्न ल्याएको जानकारी दिँदै बिचौलियाका कारण किसान मर्कामा परेको बताए । ‘जसले मल र बीउ खरिद गर्न बाध्य भए उनीहरूले न्यून मूल्यमा सुरुमा नै धान बेचे’, किसान कार्कीले भने ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x