Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिजनसचेतन साकोसको वित्तीय विवरण सार्वजनिक

जनसचेतन साकोसको वित्तीय विवरण सार्वजनिक


दोलखा । दोलखा जिल्लाको बैतेश्वर गाउँपालिका वडा नम्बर ५ काब्रेमा रहेकोे जनसचेतन बचत तथा ऋण सहकारी संस्थाले चालु वर्षको मंसिर मसान्तसम्मको वित्तीय विवरण सार्वजानिक गरेको छ । संस्थाले बुधबार सार्वजानिक गरेको वित्तिय विवरण अनुसार संस्थाको कुल पुँजी दुई अर्ब ३१ करोड ८२ लाख ७६ हजार नौ सय २१ रुपैयाँँ पुगेको छ ।

यस्तै संस्थाको सेयर पुँजी १६ करोड ५१ लाख १७ हजार एक सय रुपैयाँ रहेकोे छ भने जगेडा कोषमा १७ करोड १४ लाख ६ हजार ९६ रुपैयाँ जम्मा भएको छ । दोलखाका १६ वटा स्थान र काठमाडौमा एक सेवा केन्द्र रहेको यस संस्थाको कुल बचत भने १ अर्ब ४८ करोड ९३ लाख ९३ हजार सात सय रुपैयाँ रहेकोे छ । कुल २७ हजार तीन सय ७८ जना सेयर सदस्य आबद्ध रहेको यस संस्थाले ४ हजार ४ सय ७९ जना सेयर सदस्यलाई कुल १ अर्ब ९१ करोड ५२ लाख ९१ हजार एक सय ६२ रुपैयाँ रकम ऋण लगानी गरेको संस्थाका अध्यक्ष हेमन्त चौलागाईंले जानकारी दिए ।

त्यस्तै संस्थाको संस्थागत पुँजी १७ करोड ३१ लाख ५० हजार नौ सय ५२ रुपैयाँ भएको छ । त्यसैगरी मंसिर मसान्तसम्म संस्थाका विभिन्न कोषहरुमा रहेको रकम १० करोड २५ लाख २० हजार ३ सय रुपैयाँ रहेको छ भने तरलता रकम १५ करोड ५९ लाख ७० हजार ५ सय ४३ रुपैयाँ रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत नवराज दाहालले जानकारी दिए ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x