Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिठगी आरोपमा सहकारी संघ धनुषाका अध्यक्ष ध्रुब यादव पक्राउ

ठगी आरोपमा सहकारी संघ धनुषाका अध्यक्ष ध्रुब यादव पक्राउ


जनकपुरधाम । जिल्ला बचत तथा ऋण सहकारी संघ धनुषाका अध्यक्ष ध्रुब यादव ठगी गरेको आरोपमा पक्राउ परेका छन् । बचतकर्ताबाट सङ्कलित लाखौँ रूपैयाँ ठगी गरेको अभियोगमा उनलाई धनुषा प्रहरीले पक्राउ गरेको हो ।

न्यू शुनवर्षी बचत तथा ऋण सहकारी संस्था लिमिटेड धनुषाको सञ्चालक समितिका अध्यक्ष समेत रहेका यादवलाई संस्थाका बचतकर्ताको रकम ठगी गरेको तथा सहकारीमा जम्मा भएको रकम अपचलन गरेको आरोप छ । सेयर सदस्यको उजुरीका आधारमा उनलाई पक्राउ गरी अनुसन्धान सुरू गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक दिपक रायले जानकारी दिए ।

प्रहरीका अनुसार सहकारीका बचतकर्ता कुभोलिया देवी यादवले आफ्नो जग्गा सहकारीमा धितो राखी २५ लाख रूपैयाँ ऋण लिएको र पछि सो रकम फिर्ता गरे पनि यादवले लामो समयसम्म उनको जग्गा फुकुवा नगरी लिलामीको अवस्थामा पु¥याएका थिए । कुभोलियाले आफू ठगिएपछि अध्यक्ष यादवविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन् । प्रारम्भिक अनुसन्धानमा सहकारीमा आबद्ध बचतकर्ताको जग्गा फुकुवा नगरी यादवले करिब २५ लाख रूपैयाँ आफूसँगै राखेर लामो समयसम्म फिर्ता नगरेको अभियोग देखिएको डीएसपी रायले बताए ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x