Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारबागमती प्रदेश‘जनसचेतन साकोसको १६औं सेवा केन्द्र काठमाडौंमा

‘जनसचेतन साकोसको १६औं सेवा केन्द्र काठमाडौंमा


दोलखा । जिल्लाको बैतेश्वर गाउँपालिका–५ मैनापोखरीमा मुख्य कार्यालय रहेको नेपालकै उत्कृष्ट छबि बनाउन सफल जनसचेतन बचत तथा ऋण सहकारीको सेवा केन्द्र काठमाडौं पनि विस्तार गरिएको छ ।

आर्थिक तथा सदस्य विस्तारको हिसाबले देशकै अब्बल मानिने संस्थाले देशको राजधानी काठमाडौं उपत्यकामा १६ औं सेवा केन्द्र सञ्चालनमा ल्याएको हो । काठमाडौं उपत्यकामा बसोबास गर्ने सेयर सदस्यको माग र चाहनालाई ध्यान दिएर काठमाडौं उपत्यकामा सेवाकेन्द्र विस्तार गरिएको संस्थाका कार्यकारी अधिकृत नवराज दाहालले जानकारी दिए । संस्थाका १५ हजारभन्दा बढी सदस्यहरुलाई काठमाडौं बाटै सेवा प्रवाह गर्ने उदेश्यले सेवा केन्द्र स्थापना गरिएको हो । सेवा केन्द्र उद्घाटन कार्यक्रममा संस्थाका अध्यक्ष हेमन्त चौलागाईले शेयर सदस्यहरुको लामो समयदेखिको मागलाई पूरा गर्न सफल भएको उल्लेख गरे । अब शेयर सदस्यले जडीबुटीमा रहेको सेवा केन्द्रबाट सजिलै बित्तीय कारोबार गर्न पाउने उनले बताए । सेवाकेन्द्रको उद्घाटन राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवी उप्रेतीले गरेका थिए ।

कार्यक्रममा उप्रेतीले अहिले सहकारी क्षेत्रलाई चारैतिरबाट आक्रमण भैरहेकोले यसका विरुद्द एकजुट हुन सबै सहकारीहरुलाई आव्हान समेत गरे । २७ हजार पाँच सय ३५ जना शेयर सदस्य रहेको संस्थामा काठमाडौं बसोबास गर्ने मात्रै १५ हजार सदस्य रहेका छन् । माघ मसान्तसम्म जनसचेतनको कुल सम्पत्ति २ अर्व ३४ करोड ७५ लाख ६६ हजार छ सय पुगेको छ भने शेयर पुँजी १६ करोड ५३ लाख २३ हजार रहेकोे छ । हाल संस्थामा चार हजार सात सय २६ जना ऋणी रहेका छन् भने तरलता रकम २१ करोड २३ लाख ८१ हजार एक सय एघार रुपैयाँ रहेको संस्थाले जनाएको छ ।


क्याटेगोरी : सहकारी–कृषि, बागमती प्रदेश
ट्याग : #7

तपाईको प्रतिक्रिया