विगट गाउँमा सहकारीको सहयोगमा स्वास्थ्य शिविर,७ सयले गरे स्वास्थ्य परिक्षण
दोलखा-जिल्लाको विगु गाउँपालिकामा जनसचेतन बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको स्वास्थ्य शिविर कार्यक्रममा ७ सय बढीले सेवा लिएका छन्।विगु गाउँपालिकासँगको सहकार्यमा सहकारीले गाउँपालिकाको वडा नम्बर ५, ६, ७ र ८ मा आयोजना गरेको स्वास्थ्य शिविरमा ७ सय ३३ जनाले पाठेघर तथा प्रजनन स्वास्थ्य तथा जनरल स्वास्थ्य जाँच सम्बन्धी सेवा लिएको सहकारीका व्यवस्थाक नवराज दाहालले जानकारी दिए।
शिविरका लागि आवश्यक प्राविधिक सहयोग भने समुन्द्र नेपाल नामक गैरसरकारी संस्थाले उपलब्ध गराएको हो । २ दिनसम्म चलेको शिविरको पहिलो दिन सोमबार वडानम्बर ५ खार्तल स्थित सामुदायिक स्वास्थ्य केन्द्र र वडा नम्बर ८ को खोपाचागु स्वास्थ्य चौकीमा गरी झण्डै ४ सय र दोस्रो दिन मङ्गलबार वडानम्बर ६को आलम्पु स्वास्थ्य चौकी र वडा नम्बर ७ को स्वास्थ्य चौकीमा करिव ३ सय ५० जनाले निशुल्क स्वास्थ्य जाँच तथा आवश्यक औषधीको सुविधा लिएको साकोसका प्रमुख व्यवस्थापक दहालले जानकारी दिए ।
शिविरमा काठमाण्डौ स्थित ग्राण्डी अस्पतालका जनरल फिजिसियन डाक्टर राजिव थपलिया र प्रिया शेर्पा, वीर अस्पतालका सर्जन डाक्टर विजयकुमार शाह, प्रसुती गृह थापाथलीका स्त्री रोग विशेषज्ञ बबिता शाह, ईशान अस्पतालका स्त्री तथा बाल रोग विशेषज्ञ डाक्टर पिङ्की शाह, विगु अस्पतालका डाक्टर प्रतिक कुमार ठाकुर लगायतले स्वास्थ्य जाँच तथा परामर्श सेवा दिएका थिए । शिविरका क्रममा स्त्री रोगसँग सम्बन्धित केही गम्भिर प्रकृतिका बिरामीहरु समेत फेला परेकोले उनीहरुलाई गाउँपालिकाले आवश्यक समन्वय गरी थप उपचारको व्यवस्था गरिने विगु गाउँपालिकाका स्वास्थ्य संयोजक रत्नबहादुर थामीले जानकारी दिए ।
सोमबार गाउँपालिकाका उपाध्यक्ष देविका थामीको उपस्थितीमा खोपाचागुमा औपचारिक रुपमा सुरु भएको शिविर मङ्गलबार आलम्पुमा समापन गरिएको हो । समापन समारोहलाई सम्बोधन गर्दै जनसचेतन साकोसका अध्यक्ष हेमन्त कुमार चौलागाईंले सहकारीले वित्तिय कारोबार मात्र नभई सामाजिक उत्तरदायित्वका कामहरु पनि गर्ने शिलशिलामा शिविरको आयोजना गरिएको र शिविरबाट प्राप्त उपलब्धीले आफुहरुलाई आगामी दिनमा पनि यस्तै गतिविधी गर्न प्रेरित गरेको बताए ।
चौलागाईंले यस्ता कार्यक्रमहरु संस्थाको कार्यक्षेत्र रहेका अन्य स्थानमा पनि आयोजना हुने र त्यसमा आम नागरिक, शेयर सदस्य र सम्बन्धित निकायको उत्तिकै सहयोग र सहकार्य प्राप्त हुने विश्वास पनि व्यक्त गरे ।दोलखाको मैनापोखरीमा मूख्य कार्यालय रहेको जनसचेतन साकोसले विगु गाउँपालिकामा मात्रै ३ वटा सहित जिल्लाभर १६ र राजधानी काठमाण्डौमा १ गरी १७ वटा सेवाकेन्द्रबाट सेवा प्रवाह गरिरहेको छ । झण्डै ४० हजार सदस्य आवद्ध उक्त संस्थाको गत माघ महिना सम्मको कारोबार २ अर्ब ३४ करोड भन्दा बढी रहेको छ ।
क्याटेगोरी : सहकारी–कृषि, स्वास्थ्य / जिवनशैली, गाउँ पालिका, बागमती प्रदेश
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया