काठमाडौं, वर्तमान समयमा कृत्रिम बौद्धिकता अर्थात् आर्टिफिसियल इन्टेलिजेन्ट (एआई) जीवनमा विभिन्न क्षेत्रमा व्यापक रूपमा प्रयोग भइरहेको छ । यसले धेरै कार्यहरू अत्यन्त दक्षतापूर्वक सम्पन्न गर्न सक्छ, जसले कर्मचारीहरूको कार्यक्षमता उल्लेखनीय रूपमा वृद्धि गर्न मद्दत गर्दछ । एआई प्रविधि अत्यन्त तीव्र गतिमा विकास भइरहेको छ र विभिन्न कम्पनीहरूले केही महिनाकै अन्तरालमा अझ शक्तिशाली नयाँ मोडेलहरू सार्वजनिक गरिरहेका छन् । आज एआई विश्वकै प्रमुख प्रविधिका रूपमा स्थापित भएको छ, जहाँ संयुक्त राज्य अमेरिका र चीन यस क्षेत्रमा अग्रता हासिल गर्न तीव्र प्रतिस्पर्धा गरिरहेका छन् ।
एआईको प्रयोगबाट तस्बिर, एनिमेसन, भिडियो, सङ्गीत आदि सिर्जना गर्न आज अत्यन्त सजिलो भएको छ । भविष्यमा एआईको प्रभाव नपर्ने कुनै पनि क्षेत्र रहने छैन । एआई कति शक्तिशाली भइसकेको छ भन्ने एउटा उदाहरणका रूपमा गुगलले आफ्नो एन्टीग्रेभिटी २.० प्लेटफर्म प्रदर्शन गरेको थियो । यसमा जेमिनाई ३.५ पल्यासद्वारा सञ्चालित ९३ वटा समानान्तर आई उपएजेन्टहरू प्रयोग गरी स्क्रयाचबाट एउटा कम चल्ने अपरेट्री सिस्टमको मुल संरचना केवल १२ घण्टामा निर्माण गरिएको थियो, जसको अनुमानित लागत एक हजार अमेरिकी डलर मात्र थियो ।
यो विकासको अर्को पक्ष हो, यसबाट उत्पन्न हुने जोखिमहरू पनि छन् । हालै एन्थ्रोपिकले आफ्नो क्लाउड एआई मोडेलले अन्य संस्थाहरूका प्रणालीहरूमा अनधिकृत रूपमा पहुँच प्राप्त गरेका धेरै घटनाहरू फेला परेको जनाएको छ । यो पछिल्लो एआई ह्याकिङसम्बन्धी घटनाले एआईको सुरक्षा र विश्वसनीयताप्रति थप चिन्ता तथा शंका उत्पन्न गरेको छ । एन्थ्रोपिकका अनुसार कम्पनीले एक लाख ४१ हजारभन्दा बढी एआई परीक्षणहरूले समीक्षा गर्दा अप्रिल महिनादेखि यता तीनवटा घटनाहरू फेला परे, जसमा क्लाउड मोडेलहरूले परीक्षणका क्रममा इन्टरनेटमा पहुँच गरी तीन फरक संस्थाका प्रत्यक्ष प्रणालीहरूमा कुनै अनुमतिविना प्रवश गरेका थिए ।
कम्पनीले अप्रिलयता क्लाउड मोडेलहरूले तीनवटा संस्थाका प्रणालीहरूमा इन्जिनियरहरूले थाहा नपाईकन ह्याक भएका पुष्टि गरेको छ । कम्पनीका अनुसार यी घटनाहरूमा क्लाउडका तीन फरक मोडेलहरू संलग्न थिए । ओमस ४.७ मिथोस ५ र आन्तरिक अनुसन्धानका लागि प्रयोग गरिएको परीक्षण मोड । कम्पनीले प्रभावित तीनवटै संस्थासँग सम्पर्क गरी समस्या समाधानको प्रक्रिया सुरु गरेको पनि जनाएको छ । तीमध्ये दुई संस्थालाई आफ्ना प्रणालीहरूमा अन्जानमै भएको अनधिकृत पहुँच ह्याकिङबारे कुनै जानकारी नै थिएन । हालका दिनहरूमा कृत्रिम बुद्धिमता (एआई) साइबर सुरक्षासम्बन्धी कमजोरीहरू पहिचान गर्न र तीनको दुरुपयोग गर्न झन् सक्षम बन्दै गएको छ ।
विज्ञहरू भन्छन्, ‘हामीले एआई एजेन्टहरूलाई दिइने निर्देश्न (प्रम्प्ट)का लागि अंग्रेजी भाषा अत्यधिक अस्पष्ट छ र कुनै एआई एजेन्टलाई के–के नगर्ने भनेर निर्देशन दिने कुराको पनि एउटा सीमा हुन्छ । एन्थ्रोपिकले क्लाउडलाई केवल तिमीसँग इन्टरनेट पहुँच छैन भनेर बताएको थियो तर त्यो वास्तवमा प्रभावकारी वा वास्तविक सुरक्षा सीमा थिएन ।’