Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकला / संस्कृतिमुस्लिम समुदायले पर्सामा मनाए मोहर्रम पर्व

मुस्लिम समुदायले पर्सामा मनाए मोहर्रम पर्व


वीरगञ्ज (पर्सा) । मुस्लिम समुदायले वीरगञ्जसहित पर्सामा बुधबार धुमधामका साथ मोहर्रम पर्व मनाएका छन् । नेपाल मुस्लिम समाज सङ्घका उपसचिव अलिअस्गर अन्सारीले मुस्लिम समुदायले मोहर्रम अर्थात् दाहा पर्व हातहतियार प्रदर्शन गरी मनाउने गरेको जानकारी दिए ।

उनले जिल्ला प्रशासन कार्यालयको अनुरोधमा विभिन्न कला देखाएर वीरगञ्जमा बुधबार बिहान विभिन्न ठाउँबाट मुस्लिम संस्कृति झल्किने झण्डासहित युवाले लठ्ठीको कला देखाएर पर्व मनाएको बताए । सो समुदायले भने मुहर्रमका दिन साहसिक कला प्रदर्शन गर्ने गर्छन् । इस्लामिक नयाँ वर्ष हिजरी संवत् सुरु भएपछि दशदिनसम्म मनाइने गरिन्छ । मुस्लिम समुदायले घरमा पूजापाठ गरी राखिएको तहाजियालाई मुहर्रमका दिन करबलामा लगेर विसर्जन गर्ने चलन छ ।

मोहर्रम पर्वलाई मर्यादित ढङ्गले मनाउन जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख कुमोध ढुङ्गेलले अनुरोध गरे । ‘‘मोहर्रम पर्व सामाजिक सद्भाव कायम राख्दै मनाउन मुस्लिम समुदायलाई अनुरोध गर्दछु,’’ उनले भने ,‘‘पर्वलाई लक्षित गरेर जिल्लाको शान्तिसुरक्षालाई पनि उच्च सर्तकता अपनाइएको छ ।’’


क्याटेगोरी : कला / संस्कृति

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x