Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकला / संस्कृतिबबरमहलमा हिमालयन आर्ट फेस्टिभल

बबरमहलमा हिमालयन आर्ट फेस्टिभल


काठमाडौं । नेपालकै गौरवमय कला प्रदर्शनी ‘हिमालयन आर्ट फेस्टिभल’ बबरमहलमा अवस्थित नेपाल कला परिषद्मा सुरु भएको छ । आइतबारदेखि सुरु भएको सो कार्यक्रम भदौको २९ गतेसम्म चल्नेछ ।

वरिष्ठ कलाकार तथा ललितकला एकेडेमीको पूर्व उपकुलपति शारदा चित्रकारले फेस्टिभलको शुभारम्भ गरेकी थिइन् । प्रदर्शनीमा नेपाली तथा विदेशी कला पारखीहरूले आफ्नो घरमा सजाउनको लागि किन्न सक्ने मूल्यमा विभिन्न कलाहरू राखिएका छन् । यसमा मूर्तिकला, चित्रकला, प्रतिस्थापन कला तथा पौभा समेत रहेको छ । करिब एक सय १५ भन्दा बढी कलाकारहरूको कलाकृति यस प्रदर्शनीमा समावेश गरिएको छ । नेपालका वरिष्ठदेखि युवापुस्ताका कलाकृतिलाई एकै थलोमा समावेश गरी कला प्रदर्शनी गर्नु आफैँमा ठूलो उपलब्धि भएको आयोजकको दाबी छ ।

प्रदर्शनी ई–आर्टस् नेपालले सन् २०१७ देखि निरन्तररूपमा हरेक वर्ष नेपालीहरूको महान् चाड दशैँको पूर्व सन्ध्यामा आयोजनामा गर्दै आएको छ । सन् २०१७ मा समसामयिक चित्रकला र मूर्तिहरूबाट सुरु गरिएको यस फेस्टिभलमा ५० जना कलाकारहरूले भाग लिएका थिए । हाल प्रदर्शनीमा एक सयभन्दा बढी कलाकारहरूको सिर्जनालाई प्रस्तुत गरिएको छ । हिमाल, पहाड, तराईका कलाकारहरूको सहभागिता यस प्रदर्शनीमा रहेको छ । साथै, महिला कलाकारहरूको समेत उल्लेख्य सहभागिता रहेको छ । यस कला प्रदर्शनीको क्युरेसन सागर मानन्धर र प्रतिमा थकालीले गरेका छन् ।

इ–आर्टस् नेपालले हरेक वर्ष नेपालमा रहेर नेपाली कलाको विकासमा योगदान पुर्याउने श्रष्टाहरूलाई प्रदर्शनीको अवसर पारेर सम्मान गर्दै आएको छ । यस वर्ष इ–आर्टस् नेपालले वरिष्ठ कलाकार तथा नेपाल ललितकला एकेडेमीका पूर्वउपकुलपति शारदा चित्रकारलाई सम्मान गरेको छ ।


क्याटेगोरी : कला / संस्कृति
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x