निर्देशक आग्री ‘सुपक राष्ट्रिय सम्मान २०८०’बाट सम्मानित
काठमाडौ । फिल्म तथा म्युजिक भिडियो निर्देशक जीवी आग्री सम्मानित भएका छन् । नेपाली चलचित्र तथा म्युजिक भिडियोको निर्देशन गर्दै आएका आग्री सुदूरपश्चिमाञ्चल कला प्रतिष्ठानद्वारा सम्मानित भएका हुन् ।
आग्रीलाई ‘सुपक राष्ट्रिय सम्मान २०८०’ बाट सम्मान गरिएको हो । कञ्चनपुरको पुनर्वासमा जन्मिएका आग्री दुई दशकदेखि नेपाली चलचित्र निर्माता तथा निर्देशकको रूपमा सक्रिय छन् । आफ्नै कम्पनी रागभिजन मल्टिमुभिज प्रालि स्थापना गरेर चलचित्र र म्युजिक भिडियो निर्माण गरिरहेका आग्रीले ठूलो पर्दाको नेपाली चलचित्र ‘फुटपाथ’, सर्ट फिल्म, जनचेतनामूलक नाटक, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय इभेन्ट अर्गनाइज, म्यानेजमेन्ट डकुमेन्ट्री निर्माणदेखि दर्जनौँ म्युजिक भिडियो निर्माण तथा निर्देशन गरिसकेका छन् ।
महानायक राजेश हमाल र निरुता सिंह अभिनित उनले निर्देशन गरेको ‘हजुर मुसुक्कै’ गीत केही समयअघि निकै चर्चामा रहेको थियो । नेपाल चलचित्र निर्माता संघ र म्युजिक भिडियो निर्देशक समाजका सदस्यसमेत रहेका उनी यसअघि ‘बक्स अफिस म्युजिक भिडियो अवार्ड २०७९’ बाट सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशकलगायत अवार्डबाट यसअघि सम्मानित भइसकेका छन् ।
क्याटेगोरी : मनोरञ्जन
ट्याग : #Page 8
ताजा अपडेट
- आज प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवका आयोजनाहरूको अवस्था बारे जानकारी लिने
- एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारीको टुङ्गो लगायो
- सभामुख घिमिरेद्वारा कम्बोडियन समकक्षीसँग भेट
- एक सय ११ मुलुकसँग व्यापार घाटा
- बैंकहरूको निक्षेप खाता पाँच करोड ६९ लाख
- बैंकिङ प्रणालीमा साढे ६८ करोड निक्षेप राख्दै राष्ट्र बैंक
- केपी र रवि आमने–सामने
- कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया