‘ग्लो टु ग्लो’बाट पाँच सय १५ जना आर्टिस्ट प्रशिक्षित
काठमाडौं । सौन्दर्य व्यवस्था प्रवर्द्धन एवं उद्यमशीलताको विकास गरी महिलालाई स्वरोजगार बनाउने उद्देश्यले ग्लो टु ग्लोः दि ब्युटी स्टुडियोले नेपाल र दुबईमा एक वर्षमा पाँच सय १५ जनालाई दीक्षित गरेको छ । ग्लो टु ग्लोले काठमाडौंमा आयोजना गरेको छैठौँ फेयरबेल समारोहमा सौन्दर्यसम्बन्धी डिप्लोमा र मास्टर्स तहको कोर्ष पूरा गर्ने विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरेको हो । नेपालमा अध्ययन गर्ने चार सय आठ जना र दुबईमा अध्ययन गर्ने एक सय सात जना आर्टिस्टलाई सम्मान गरिएको हो । ग्लो टु ग्लोः दी ब्युटी स्टुडियोकी प्रबन्ध निर्देशक बिनिता शाहले मेकअप, हेयर डिजाइन, नेलआर्टसम्बन्धी तालिम एवं अध्ययन पूरा गरेका आर्टिस्टलाई व्यावसायिक क्षमता अभिवृद्धि गरी प्रमाणपत्र प्रदान गरिएको बताइन् । उनले महिला सौन्दर्य व्यवसायकै माध्यमबाट अब्बल बनाउने लक्ष्यका साथ क्षमता विकास गरिने र फरक ढंगको व्यवसायप्रति उत्प्रेरणा जगाउने काम गरिएको बताइन् ।
क्याटेगोरी : फेसन
ट्याग : #Page 6
ताजा अपडेट
- कर्णालीमा आठ पदमा ४४ उम्मेदवारको मनोनयन दर्ता
- पृथ्वीराजमार्ग दैनिक साढे चार घण्टा बन्द
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- देशभरका मालपोत कार्यालयले उठाए दुई अर्ब ७० करोड राजस्व
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया