Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबीमा बजारनिर्जीवन बीमा कम्पनीहरूले उठाए ३६ अर्ब १९ करोड बीमाशुल्क

निर्जीवन बीमा कम्पनीहरूले उठाए ३६ अर्ब १९ करोड बीमाशुल्क


सञ्चालनमा रहेका १४ वटा निर्जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्षको जेठ मसान्तसम्म ३६ अर्ब १९ करोड ८८ लाख ३९ हजार रुपैयाँ बीमाशुल्क आर्जन गर्दा शिखर इन्स्योरेन्स कम्पनी एक्लैले झण्डै पाँच अर्ब रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको निर्जीवन बीमा कम्पनीहरूको कारोबारसम्बन्धी पछिल्लो प्रतिवेदनअनुसार शिखर इन्स्योरेन्सले आर्जन गरेको कुल बीमाशुल्क रकम निर्जीवन बीमा कम्पनीहरूमध्येकै सबैभन्दा बढी हो ।

प्राधिकरणका अनुसार चालू आर्थिक वर्षको पछिल्लो ११ महिनामा निर्जीवन बीमा कम्पनीहरूले कुल २५ लाख ३७ हजार चार सय १६ वटा बीमालेख जारी गरेका छन् । जेठ महिनामा मात्र भने निर्जीवन बीमा कम्पनीहरूले एक लाख ९१ हजार दुई सय २६ वटा बीमालेख जारी गरी तीन अर्ब ५० करोड ९२ लाख २८ हजार रुपैयाँबीमाशुल्क आर्जन गरेका छन् । चालू आर्थिक वर्षको जेठ मसान्तसम्ममा शिखर इन्स्योरेन्स कम्पनीले मात्र कुल दुई लाख ४२ हजार एक सय १९ वटा बीमालेख जारी गरी चार अर्ब ७६ करोड आठ लाख ३७ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

शिखरले आर्जन गरेको यो बीमाशुल्क सञ्चालनमा रहेका १४ वटा निर्जीवन बीमा कम्पनीहरूमध्येमा सबैभन्दा उच्च हो । कुल बीमाशुल्क आर्जनमा दोस्रो स्थानमा पर्न सफल भएको सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले जेठ मसान्तसम्म तीन लाख पाँच हजार छ सय ३३ वटा बीमालेख जारी गरी चार अर्ब आठ करोड ८६ लाख २५ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यस अवधिमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले भने तीन लाख १३ हजार छ सय दुईवटा बीमालेख जारी गरी चार अर्ब एक करोड ७४ लाख ४७ हजार रुपैयाँबीमाशुल्क आर्जन गरेको छ । युनाइटेड अजोड इन्स्योरेन्सले भने दुई लाख २५ हजार चार सय ६२ वटा बीमालेख जारी गरी तीन अर्ब १४ करोड ६७ लाख ९१ हजार रुपैयाँबीमाशुल्क आर्जन गरेको छ ।

यसैगरी हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले पनि चालू आर्थिक वर्षको ११ महिनामा दुई लाख ३९ हजार आठ सय ३६ वटा बीमालेख जारी गरी तीन अर्ब छ करोड २३ लाख ८३ हजार रुपैयाँबीमाशुल्क आर्जन गरेको छ । यस्तै, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले दुई लाख २२ हजार छ सय ७१ वटा बीमालेख जारी गरी तीन अर्ब एक करोड ९९ लाख ८६ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

प्राधिकरणका अनुसार नेको इन्स्योरेन्स कम्पनीले दुई लाख ५१ हजार आठ सय आठवटा बीमालेख जारी गरी दुई अर्ब ६६ करोड ९४ लाख ९८ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यो अवधिमा राष्ट्रिय बीमा कम्पनीले भने ५० हजार तीन सय २२ वटा बीमालेख जारी गरी दुई अर्ब २६ करोड २३ लाख ७३ हजार रुपैयाँबीमाशुल्क आर्जन गरेको प्राधिकरणले जनाएको छ । यसबाहेक, एनएलजी इन्स्योरेन्स कम्पनीले एक लाख ८३ हजार चार सय ९२ वटा बीमालेख जारी गरी दुई अर्ब १४ करोड ८३ लाख ४५ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । सानिमा जीआईसी इन्स्योरेन्सले पनि एक लाख ६० हजार सात सय ८८ वटा बीमालेख जारी गरी दुई अर्ब चार करोड ८१ लाख ९४ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

चालू आर्थिक वर्षको जेठ मसान्तसम्ममा नेपाल इन्स्योरेन्स कम्पनीले एक लाख ६५ हजार एकसय ६२ वटा बीमालेख जारी गरी एक अर्ब ४१ करोड तीन लाख ४२ हजार रुपैयाँ बीमाशुल्क आर्जन गर्दा प्रभु इन्स्योरेन्स कम्पनीले एक लाख नौ हजार पाँच सय ८६ वटा बीमालेख जारी गरी एक अर्ब ४० करोड ७७ लाख ५४ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यस अवधिमा दि ओरियन्टल इन्स्योरेन्स कम्पनीले ३६ हजार तीन सय ७२ वटा बीमालेख जारी गरी एक अर्ब २४ करोड ८६ लाख ८४ हजार रुपैयाँबीमाशुल्क आर्जन गरेको छ भने नेसनल इन्स्योरेन्स कम्पनीले भने ३० हजार पाँच सय ६३ वटा बीमालेख जारी गरी ९० करोड ७५ लाख ८१ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।


क्याटेगोरी : बीमा बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया