ग्रामीण क्षेत्रमा पुगेर बीमा कारोबार गर्न निर्देशन
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले शहरी क्षेत्रमा मात्र केन्द्रित नभई गाउँ गाउँमा पुगेर नागरिकको विश्वास बढ्ने गरी बीमा व्यवसाय गर्न बीमा कम्पनीका प्रदेश कार्यालयका प्रमुखहरूलाई निर्देशन दिएका छन् । लुम्बिनी प्रदेशस्थित बीमा कम्पनीका प्रदेश कार्यालय प्रमुखहरूसँग बीमासम्बन्धी समयसामयिक विषयमा अन्तक्र्रिया एवम् छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले स्थानीय तहसँग नियमित रूपमा सम्पर्कमा रही काम गर्न, कानुन, नियम र निर्देशिकाले निषेध गरेका कार्य नगर्न र नागरिकलाई गुणस्तरीय सेवा दिन निर्देशन दिए । साथै, उनले ग्रामीण क्षेत्रका बासिन्दाका घरघरमा गएर बीमा सेवा दिन, डिजिटल माध्यमबाट व्यवसाय गर्न र स्थानीय आवश्यकताका आधारमा लघुबीमा लेख ल्याउन लघुबीमा कम्पनीहरूलाई निर्देशन दिए । कार्यक्रममा सहभागीहरूले बीमासम्बन्धी जानकारीमूलक कार्यक्रमहरू वडा–वडामा समेत गर्नुपर्ने, विद्यालयका पाठ्यक्रममा बीमा विषयलाई समेत समावेश गर्नुपर्ने, घर निर्माण गर्दा नै बीमा गर्ने व्यवस्था गर्नुपर्ने, कृषि प्राविधिकको पर्याप्त व्यवस्था गर्नुपर्नेलगायतका धारणा राखेका थिए ।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल, निर्देशक सुशीलदेव सुवेदी, प्राधिकरणको लुम्बिनी प्रदेश कार्यालयका प्रमुख पूर्णबहादुर थापा तथा जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी र लघुबीमा कम्पनीका प्रदेश कार्यालय प्रमुख एवम् प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
क्याटेगोरी : बीमा बजार
ट्याग : #Page 6
ताजा अपडेट
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया