बीमा कम्पनीहरूबाट एक खर्ब ४० अर्ब बीमाशुल्क सङ्कलन
काठमाडौं । बीमा कम्पनीहरूको बीमाशुल्क आर्जन बढेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालू आर्थिक वर्षको चैतमसान्तसम्म जीवन र निर्जीवन गरी सञ्चालनमा रहेका २८ वटा बीमा कम्पनीहरूले एक खर्ब ४० अर्ब ३१ करोड ४६ लाख रूपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चार दशमलव १३ प्रतिशत बढी हो । गत आर्थिक वर्षको चैत मसान्तमा बीमा कम्पनीहरूले एक खर्ब ३४ अर्ब ७४ करोड ९६ लाख रूपैयाँ बीमाशुल्क आर्जन गरेका थिए ।
यस आर्थिक वर्षको चैत मसान्तसम्म जीवन बीमा कम्पनीहरूले एक खर्ब १० अर्ब १६ करोड १६ लाख रूपैयाँ बीमाशुल्क संकलन गरेका छन् । जुन गत आर्थिक वर्षको नौ महिनाको तुलनामा पाँच दशमलव ८४ प्रतिशत बढी हो । गत आर्थिक वर्षको चैत मसान्तमा जीवन बीमा कम्पनीहरूको बीमाशुल्क आर्जन एक खर्ब चार अर्ब ७३ करोड ४८ लाख रूपैयाँ थियो ।
निर्जीवन बीमा कम्पनीहरूले यस आर्थिक वर्षको नौ महिनामा ३० अर्ब १५ करोड ३० लाख रूपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा शून्य दशमलव ४६ प्रतिशत बढी हो । गत आर्थिक वर्षको चैत मसान्तमा निर्जीवन बीमा कम्पनीहरूको बीमाशुल्क आर्जन ३० अर्ब एक करोड ४८ लाख रूपैयाँ थियो ।
प्राधिकरणको तथ्यांकअनुसार यसवर्ष निर्जीवन बीमा कम्पनीहरूमा बीमालेखको संख्या बढेको छ भने जीवन बीमा कम्पनीहरूमा घटेको छ । जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्षको चैत मसान्तसम्म कुल एक करोड ३८ लाख ६६ हजार छ सय १५ वटा बीमालेख जारी गरेका छन् । जुन एक वर्षअघिको तुलनामा दुई दशमलव ११ प्रतिशत कम हो । गत आर्थिक वर्षको चैत मसान्तसम्म जीवन बीमा कम्पनीहरूले जारी गरेको बीमालेख संख्या एक करोड ४१ लाख ६५ हजार नौ सय ९८थियो । चालू आर्थिक वर्षको चैत मसान्तसम्म निर्जीवन बीमा कम्पनीहरूले २२ लाख ६२ हजार तीन सय २६ वटा बीमालेख जारी गरेका छन् । जुन एक वर्षअघिको तुलनामा चार दशमलव ४३ प्रतिशत बढी हो । गत आर्थिक वर्षको चैत मसान्तसम्म निर्जीवन बीमा कम्पनीहरूले जारी गरेको बीमालेखको संख्या २१ लाख ६६ हजार तीन सय ४८ थियो ।
चालूआर्थिक वर्षको चैत मसान्तसम्ममा बीमाको दायरामा आएको कुल जनसंख्या प्रतिशत म्यादी, लघु म्यादी र वैदेशिक रोजगार जीवन बीमालेखसहित ४३ दशमलव ३२ प्रतिशत छ । यो संख्या गत आर्थिक वर्षको सोही अवधिको तुलनामा केही कम छ । गत आर्थिक वर्षको चैत मसान्तसम्म बीमाको दायरामा आएको जनसंख्या ४४ दशमलव ५५ प्रतिशत थियो ।
क्याटेगोरी : बीमा बजार
ट्याग : #Page 1
ताजा अपडेट
- लुम्बिनीमा प्रधानमन्त्री ओली
- नेपाली व्यवसायीलाई विश्नोईको नामबाट धम्की
- सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि एमेच्योर राहुललाई
- स्वास्थ्य मन्त्रालयद्वारा अनुमतिप्राप्त मेडिकल कलेजहरूको अस्पताल शय्या क्षमता सार्वजनिक
- ‘हलिया र कमैयाको पहिचान र प्रमाणीकरणमा सरकार गम्भीर’
- ‘कर र महसुलका दर घटाउनु स्वागतयोग्य’
- गिरिजाप्रसाद कोइराला फाउन्डेसन अमेरिकाद्वारा निःशुल्क खाद्यान्न वितरण
- ज्योति विकास बैंकका ग्राहकलाई इ–रिभल्भिङ इन्डियन कुजाइन रेस्टुरेन्टमा छुट
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया