Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबीमा बजारघट्यो सक्रिय जीवन बीमालेखको संख्या

घट्यो सक्रिय जीवन बीमालेखको संख्या

एक महिनामा १८ अर्ब ५७ करोड रुपैयाँ बीमाशुल्क सङ्कलन


काठमाडौं । सक्रिय जीवन बीमालेखको संख्या घटेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार साउन महिनामा सक्रिय जीवन बीमालेखको संख्या गत आर्थिक वर्षको सोही अवधिको तुलनामा दुई दशमलव २४ प्रतिशत अर्थात् तीन लाख १४ हजार दुई सय ८९ ले घटेको छ । एक वर्षअघि साउनमा एक करोड ४० लाख २१ हजार पाँच सय ४० सक्रिय बीमालेख थियो भने यस वर्ष साउनमा यो संख्या घटेर एक करोड ३७ लाख सात हजार दुई सय ५१ वटामा खुम्चिएको छ ।

प्राधिकरणका अनुसार चालू आर्थिक वर्षको साउन महिनामा सञ्चालनमा रहेका १४ वटा ठूला जीवन बीमा कम्पनी र तीनवटा लघु जीवन बीमा कम्पनीहरुसहितका १७ वटा बीमा कम्पनीहरुले कुल पाँच लाख ६४ हजार सात सय ८३ बीमालेख बिक्री गरी १८ अर्ब ५७ करोड ४९ लाख ७० हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा एक अर्ब तीन करोड १९ लाख ४४ हजार रुपैयाँ कम हो । गत आर्थिक वर्षको पहिलो महिनामा जीवन बीमा कम्पनीहरुले यस्तो रकम १९ अर्ब ६० करोड ६९ लाख १४ हजार रुपैयाँ थियो ।

चालू आर्थिक वर्षको साउन महिनामा सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीले पाँच सय ९३ वटा बीमालेख जारी गरी ४६ करोड ८८ लाख १९ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्दा नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले ४५ हजार ४० वटा जीवन बीमालेख जारी गरी दुई अर्ब २६ करोड ५४ लाख ४० हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पनि यस अवधिमा ५१ हजार नौ सय ८४ वटा बीमालेख जारी गरी पाँच अर्ब ७१ करोड छ लाख ३५ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । लाइफ इन्स्योरेन्स कर्पोरेसन लिमिटेडले भने यस अवधिमा चार हजार सात सय २३ वटा बीमालेख जारी गरी दुई अर्ब सात करोड ८० लाख ९३ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

मेट लाइफ इन्स्योरेन्स कम्पनीले ३९ हजार दुई सय १६ वटा बीमालेखमार्फत ५० करोड ५५ लाख ६० हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्दा एशियन लाइफ इन्स्योरेन्स कम्पनीले २४ हजार ९८ वटा बीमालेख मार्फत ९२ करोड ७३ लाख ५० हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । आईएमई लाइफले भने चालू आर्थिक वर्षको साउन महिनामा चार हजार सात सय ४१ वटा बीमालेखमार्फत ५४ करोड २७ लाख ८२ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्दा सन नेपाल लाइफ इन्स्योरेन्सले २९ हजार छ सय ४६ वटा बीमालेखमार्फत ४४ करोड ८७ लाख ३२ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

रिलायवल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पछिल्लो अवधिमा १६ हजार ४८ वटा बीमालेख जारी गरी ४९ करोड ९७ लाख ७० हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्दा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले ५३ हजार चार सय ७९ वटा बीमालेखमार्फत ७६ करोड ४१ लाख ४८ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले भने ३३ हजार दुई सय ११ वटा बीमालेखमार्फत एक अर्ब १२ करोड ९३ लाख ३४ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्दा सानिमा रिलायन्स लाइफले १२ हजार एक सय ९० वटा बीमालेखमार्फत ६७ करोड ५९ लाख ८७ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

यसैगरी हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले पनि पाँच हजार एक सय सात वटा बीमालेखमार्फत एक अर्ब ९३ करोड ३८ लाख ३४ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्दा प्रभु महालक्ष्मी लाइफले २७ सय ११ वटा बीमालेखमार्फत ५८ करोड ७४ लाख ८३ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । प्राधिकरणका अनुसार चालू आवको साउन मसान्तसम्ममा सञ्चालनमा रहेका १४ वटा ठूला जीवन बीमा कम्पनीहरुले मात्र कुल तीन लाख २२ हजार सात सय ८६ वटा बीमालेखमार्फत १८ अर्ब ५३ करोड ७९ लाख ६९ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।

लघु जीवन बीमा कम्पनीतर्फ भने तीनवटा जीवन बीमा कम्पनीहरुले चालू आवको पछिल्लो एक महिनामा दुई लाख ४१ हजार नौ सय ९७ वटा बीमालेखमार्फत कुल तीन करोड ७० लाख एक हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । जसमध्ये गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले दुई लाख २७ हजार चार सय ६१ वटा बीमालेखमार्फत एक करोड ८८ लाख ४८ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्दा क्रेष्ट माइक्रोलाईफले छ हजार आठ सय ९३ वटा बीमालेखमार्फत एक करोड २९ लाख ८४ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । यसैगरी लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्सले पनि चालू आवको पछिल्लो एक महिनामा सात हजार छ सय ४३ वटा बीमालेख जारी गरी ५१ लाख ७७ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।


क्याटेगोरी : बीमा बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x