Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबीमा बजारसगरमाथा लुम्बिनी इन्स्योरेन्सको गण्डकी प्रदेश कार्यालय सञ्चालन

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको गण्डकी प्रदेश कार्यालय सञ्चालन


पोखरा । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलुको) को गण्डकी प्रादेशिक कार्यालय पोखराको अमरसिंहकमा खुलेको छ ।

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री र नेपाल बिमा प्राधिकरण गण्डकी प्रदेश कार्यालय प्रमुख केशवप्रसाद दाहालले संयुक्त रुपमा कार्यालयको उद्घाटन गरे ।

कार्यक्रममा नेपाल बिमा प्राधिकरण गण्डकी प्रदेश कार्यालय प्रमुख दाहाल सलुको व्यापार र दाबी भुक्तानी राम्रो रहेकाले सो साख जोगाइ राख्न आग्रह गरे ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत क्षेत्रीले कर्मचारीलाई उच्च मनोबलका साथ इमान्दारीपूर्वक बिमालेख बुझाएर बेच्न निर्देशन दिए ।

कार्यक्रममा निसा गण्डकी बुद्धिप्रसाद अधिकारी, निसाका पूर्वसंयोजक सुरेन्द्रबहादुर गोदारलगायतले बोलेका थिए ।कार्यक्रमा पोखरामा रहेका कम्पनीका शाखा प्रमुखलगायतका कर्मचारी सहभागी थिए ।

कम्पनीका सेवा र सुविधाका बारेमा नेशनल कोअटिनेटर (सहायक महाप्रबन्धक) कविराज पौडेलले जानकारी गराएका थिए भने प्रादेशिक कार्यालयका प्रमुख विष्णुप्रसाद पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए ।


क्याटेगोरी : बीमा बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x