बीमासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा सुरु
काठमाडौं । बीमासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आईसीआईआई–२०२४ नेपालमा सुरु भएको छ । समावेशी बीमासम्बन्धी अवधारणसहित मंगलबारबाट काठमाडौंमा यो सम्मेलन सुरु भएको हो ।
नेपाल बीमा प्राधिकरण, नेपाल बीमक संघ, जीवन बीमक संघ र नेपाल माइक्रो इन्स्योरेन्स एसोसियसनद्वारा म्युनिख रे फाउन्डेशन तथा माइक्रो इन्स्योरेन्स नेटवर्कसँगको सहकार्यमा आईसीआईआई–२०२४ को २० औं संस्करण आयोजना गरिएको हो । नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणका अनुसार यही कात्र्तिक नौ गतेसम्म चल्ने यो सम्मेलनमार्फत न्यून आय भएका तथा जोखिममा रहेका परिवारहरू तथा लघु, साना र मझौला उद्योगलाई केन्द्रीत गरी समावेशी बीमालाई परिष्कृत गर्नेलगायतका विषयमा निष्कर्षसहितको छलफल हुने छ । सम्मेलनको उद्घाटन कार्यक्रममा बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले जलवायु जोखिम बीमा लघुबीमा डिजिटल प्रविधि अवलम्बन र समावेशी बीमाका क्षेत्रमा आइपर्ने अवरोधहरू हटाउने विषयमा सहभागीहरूबीच छलफल केन्द्रित रहने बताए ।
सम्मेलनलाई जलवायु परिवर्तन र प्रकोप जोखिम वित्त व्यवस्थापन, बीमा क्षेत्रका चुनौती तथा अवसरहरू, बीमाको अन्तर र बीमाको पहुँच विस्तारमा डिजिटल प्रविधिको विकास एवं अवलम्बनजस्ता मुख्य विषयमा विभिन्न कार्यपत्र प्रस्तुतिका साथै विभिन्न कार्यपत्रमाथि छलफल हुने जानकारी समेत अध्यक्ष सिलवालले दिए ।
सम्मेलनमा नेपाल, भारत, बंगलादेशसहित विभिन्न देशका बीमा क्षेत्रका नियामक निकाय, विभिन्न निकाय, विकास साझेदारी गैरसरकारी संस्था र बीमा क्षेत्रका विज्ञहरू गरी चार सयभन्दा बढीको सहभागिता रहेको अध्यक्ष सिलवालले जानकारी दिए ।
क्याटेगोरी : बीमा बजार
ट्याग : #Page 6
ताजा अपडेट
- नेपालको विपद् व्यवस्थापनमा बिश्व बैंकले १५० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता प्रदान गर्ने
- प्रमुख प्रतिपक्षसहितका दलहरूले राष्ट्रपति भेटे
- रसुवागढी र तातोपानी नाका अझै ठप्प, नेपाल-चीन व्यापारमा ठूलो घाटा
- सरकारका १०० दिन : ‘सहकारी ठगलाई कारबाहीदेखि विपद्पछि राहतको कामसम्म’
- कांग्रेस र एमाले मिलेर बनेको सरकार ढल्ने दिवा सपना कसैले नदेखे हुन्छ: प्रधानमन्त्री
- सहकारीको रकम ठगी गर्ने भ्रष्टाचारीमाथि कारबाही हुन्छ: प्रधानमन्त्री
- काभ्रेमा सञ्चालित एक सय खानेपानी आयोजनाको एक अर्ब बराबरको क्षति
- पुन: खुम्चियो शेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया