निर्जीवन बीमा कम्पनीहरूको छ लाख ६८ हजार बीमालेख जारी
तीन महिनामा ११ अर्ब ५७ करोड रुपैयाँ बीमा शुल्क आर्जन
काठमाडौं ।निर्जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्षको पहिलो त्रैमास (सउनदेखि असोज)मा ११ अर्ब ५७ करोड ३६ लाख २२ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार सञ्चालनमा रहेका १४ वटा निर्जीवन बीमा कम्पनी र चारवटा लघु निर्जीवन बीमा कम्पनी गरी १८ वटा कम्पनीले सात लाख ३७ हजार नौ सय ३० वटा बीमालेखमार्फत सो बीमाशुल्क आर्जन गरेका हुन् ।बीमा कम्पनीहरूले आर्जन गरेको कुल बीमाशुल्क रकम गत आर्थिक वर्ष (आव)को सोही अवधिको तुलनामा १० दशमलव ७० प्रतिशतले बढी हो । प्राधिकरणका अनुसार गत आवको सोही अवधिमा निर्जीवन बीमा कम्पनीहरूले छ लाख ६८ हजार चार सय ३६ वटा बीमालेख जारी गरी १० अर्ब ४५ करोड ४७ लाख ३९ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका थिए ।
चालू आवको असोज मसान्तसम्ममा नेपाल इन्स्योरेन्स कम्पनीले ४४ हजार एक सय ९० वटा बीमालेख जारी गरी ६१ करोड ४५ लाख १९ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । यस अवधिमा दि ओरियन्टल इन्स्योरेन्स कम्पनीले भने ११ हजार पाँचवटा बीमालेख जारी गरी ८३ करोड ७६ लाख ७७ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीले भने चालू आवको पहिलो त्रैमासमा ५३ हजार पाँच सय ९७ वटा बीमालेख जारी गरी ५७ करोड ३९ लाख ६९ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । नेसनल इन्स्योरेन्स कम्पनीले पनि चालू आवको पहिलो त्रैमासमा सात हजार पाँच सय २६ वटा बीमालेख जारी गरी ४१ करोड ७६ लाख १२ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । नेको इन्स्योरेन्स कम्पनीले भने पछिल्लो अवधिमा ७१ हजार दुई सय दुईवटा बीमालेख जारी गरी कुल ८९ करोड ७५ लाख ५३ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । प्रभु इन्स्योेरेन्स कम्पनीले पनि चालू आवको पहिलो त्रैमासमा ३१ हजार एक सय ७१ वटा बीमालेख जारी गरी ४७ करोड ७२ लाख ३१ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।
प्राधिकरणका अनुसार चालू आवको पहिलो त्रैमासमा शिखर इन्स्योरेन्स कम्पनीले ७३ हजार नौ सय ३४ वटा बीमालेख जारी गरी एक अर्ब १२ करोड ५९ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्दा एनएलजी इन्स्योरेन्स कम्पनीले ४८ हजार आठ सय ७२ वटा बीमालेख जारी गरी ७५ करोड २२ लाख नौ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले भने पछिल्लो अवधिमा ५८ हजार एक सय ७३ वटा बीमालेख जारी गरी ९१ करोड ८७ लाख ९९ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्दा सानिमा जीआईसी इन्स्योरेन्स कम्पनीले ३० हजार तीन सय १५ वटा बीमालेख जारी गरी ५८ करोड ८९ लाख ८८ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले भने ७४ हजार सात सय ८९ वटा बीमालेख जारी गरी एक अर्ब १७ करोड १९ लाख ८५ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्दा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले ६९ हजार सात सय ४७ वटा बीमालेख जारीगरी एक अर्ब ४३ करोड ६३ लाख ४१ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । यसैगरी आईजीआई प्रुडेन्सीयल इन्स्योरेन्स कम्पनीले ५० हजार दुई सय ३८ वटा बीमालेख जारी गरी ९० करोड नौ लाख ४६ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्दा युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले ४३ हजार तीन सय ८१ वटा बीमालेख जारी गरी ६८ करोड ९५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।
प्राधिकरणका अनुसार लघुबीमातर्फ भने चालू आवको पहिलो त्रैमासमा ६९ हजार सात सय ९० वटा बीमालेखमार्फत कुल १८ करोड ५६ लाख ३९ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन भएको छ । जसमध्ये नेपाल माइक्रो इन्स्योरेन्सले २० हजार सात सय ८० वटा बीमालेख जारी गरी पाँच करोड ५० लाख ५३ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्दा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीले १५ हजार पाँच सय ४६ वटा बीमालेख जारी गरी चार करोड ६१ लाख २६ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । यसैगरी स्टार माइक्रो इन्स्योरेन्स कम्पनीले पनि चालू आवको पहिलो त्रैमासमा १८ हजार पाँच सय ९० वटा बीमालेख जारी गरी चार करोड १९ लाख पाँच हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । ट्रस्ट माइक्रो इन्स्योरेन्स कम्पनीले भने यस अवधिमा १४ हजार आठ सय ७४ वटा बीमालेख जारी चार करोड २६ लाख ५५ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।
क्याटेगोरी : बीमा बजार
ट्याग : #Page 1
ताजा अपडेट
- यूएईलाई हराउँदै यू-१९ महिला विश्वकपमा नेपाल छनोट
- राष्ट्रपति पौडेलले ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य नोक्सानीको सम्बोधन’ विषयक विशेष सत्रमा राखेको सम्बोधनको पूर्ण पाठ
- कर छली गरेर खुलेयाम संचालनमा आएका बाहुबली कन्स्ट्रक्सनका टिपर प्रहरी नियन्त्रणमा !
- क्यासिनोको लाइसेन्स दिँदा पर्यटन मन्त्री पाण्डेले करोडौ रकम लिएको आरोप !
- सर्वोच्च अदालतको अवहेलना मुद्दा दर्ता भएपछि (रास्वपा)ले स्थगित ग¥यो पत्रकार सम्मेलन
- (रास्वपा) ले उम्मेदवारी हस्ताक्षरको अधिकार कार्यवाहक महामन्त्रीलाई बुर्लाकोटीलाई दिने
- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई थप प्रभावकारी रुपमा सञ्चालन गरिनेछः प्रधानमन्त्री
- नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया