Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबीमा बजारकरिब एक प्रतिशत घट्यो सक्रिय जीवन बीमालेखको संख्या

करिब एक प्रतिशत घट्यो सक्रिय जीवन बीमालेखको संख्या


काठमाडौँ।सक्रिय जीवन बीमालेखको संख्या घटेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म सक्रिय जीवन बीमालेखको संख्या गत आर्थिक वर्षको सोही अवधिको तुलनामा शून्य दशमलव ७३ प्रतिशत अर्थात् एक लाख एक हजार एक सय ३३ वटाले घटेको छ । गएको वर्ष पहिलो त्रैमासमा एक करोड ३८ लाख ६७ हजार पाँच सय ८१ सक्रिय बीमालेख रहेकोमा यस वर्ष पहिलो त्रैमासमा घटेर एक करोड ३७ लाख ६६ हजार चार सय ४८ मा झरेको छ ।प्राधिकरणका अनुसार चालू आर्थिक वर्षको असोज मसान्तसम्ममा सक्रिय जीवन बीमालेखको संख्या पँँच लाख ८७ हजार सात सय २३ छ भने कुल बीमाशुल्क एक अर्ब ४० करोड ५३ लाख ९४ हजार रुपैयाँ छ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीको सक्रिय जीवन बीमालेखको संंख्या १५ लाख ८८ हजार एक सय ८८ रहेकोमा कुल बीमाशुल्क आर्जन चार अर्ब ९० करोड ५० लाख ४० हजार रुपैयाँ छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको पनि चालू आर्थिक वर्ष (आव)को असोज मसान्तसम्ममा सक्रिय जीवन बीमालेखको संख्या १६ लाख ४४ हजार दुई सय १९ रहेकोमा कुल बीमाशुल्क आर्जन ११ अर्ब ९१ करोड १४ लाख ९९ हजार रुपैयाँ छ ।

यसैगरी लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडमा सक्रिय बीमालेखको संख्या छ लाख ८७ हजार चार सय २८ रहेकोमा कुल बीमाशुल्क आर्जन चार अर्ब ५७ करोड ३७ लाख १८ हजार रुपैयाँ छ । मेट लाइफ इन्स्योरेन्स कम्पनीको सक्रिय बीमालेखको संख्या सात लाख ४४ हजार तीन सय ४८ रहेकोमा कुल बीमाशुल्क आर्जन एक अर्ब ४४ करोड २१ लाख ४९ हजार रुपैयाँ छ । एसियन लाइफ इन्स्योरेन्स कम्पनीको सक्रिय जीवन बीमालेखको संख्या छ लाख ९१ हजार तीन सय ८८ रहेकोमा कुल बीमाशुल्क आर्जन दुई अर्ब तीन करोड ६८ लाख ३१ हजार रुपैयाँ छ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको सक्रिय बीमालेखको संंख्या पाँच लाख ६२ हजार दुई सय ८२ रहेकोमा कुल बीमाशुल्क आर्जन एक अर्ब २१ करोड ४१ लाख ४९ हजार रुपैयाँ छ ।

यसैगरी सन नेपाल लाइफ इन्स्योेरेन्स कम्पनीको सक्रिय बीमालेखको संख्या आठ लाख ३४ हजार ३३ रहेकोमा कुल बीमाशुल्क आर्जन ९३ करोड २७ लाख ४५ हजार रुपैयाँ छ । रिलावयल नेपाल लााइफ इन्स्योरेन्सको सक्रिय बीमालेखको संख्या २५ लाख १४ हजार एक सय ८७ रहेकोमा कुल बीमाशुल्क आर्जन एक अर्ब २० करोड ८० लाख रुपैैयाँ छ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको ११ लाख १० हजार सात सय आठवटा सक्रिय बीमालेख रहेकोमा कुल बीमाशुल्क आर्जन एक अर्ब ७४ करोड ७४ लाख ३७ हजार रुपैयाँ छ । यसैगरी सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको पनि नौ लाख सात हजार ४५ वटा सक्रिय बीमालेख रहेकोमा कुल बीमाशुल्क आर्जन दुई अर्ब ४९ करोड ९३ लाख ८६ हजार रुपैयाँ छ ।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको आठ लाख ८० हजार ४१ वटा सक्रिय बीमालेख रहेकोमा कुल बीमाशुल्क आर्जन एक अर्ब ५७ करोड २२ लाख ३७ हजार रुपैयाँ छ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको भने तीन लाख ९८ हजार नौ सय ३० वटा बीमालेख सक्रिय रहेकोमा कुल बीमाशुल्क आर्जन चार अर्ब ३१ करोड १२ लाख ३५ हजार रुपैयाँ छ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको एक लाख ८५ हजा चार सय ७८ वटा बीमालेख सक्रिय रहंँदा कुल बीमाशुल्क आर्जन एक अर्ब २४ करोड दुई लाख ८० हजार रुपैयाँ छ ।

प्राधिकरणका अनुसार लघु जीवन बीमातर्फ गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको दुई लाख ९९ हजार चार सय ५७ वटा बीमालेख सक्रिय रहेकोमा कुल बीमाशुल्क आर्जन आठ करोड ७१ लाख ४६ हजार रुपैयाँ छ । यसैगरी क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको ८५ हजार आठ सय ३६ वटा बीमालेख सक्रिय रहेकोमा कुल बीमाशुल्क आर्जन सात करोड ९७ लाख ५३ हजार रुपैयाँ छ । लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको ४५ हजार एक सय ५७ वटा बीमालेख सक्रिय रहेकोमा कुल बीमाशुल्क आर्जन पाँच करोड ४४ लाख ५४ हजार रुपैयाँ छ ।


क्याटेगोरी : बीमा बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x