बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
काठमाडौं । नेपाल बीमा प्राधिकरण र एक्चुरियल सोसाइटी अफ नेपाल (एएसएन) बीच बीमाङ्कीय विज्ञान सम्बन्धमा समन्वयात्मक ढङ्गले कार्य गर्नेसम्बन्धी समझदारी भएको छ । प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल र एएसएनका अध्यक्ष प्रेक्षा माथेमाले शुक्रबार प्राधिकरणको केन्द्रीय कार्यालय, कुपन्डोल, ललितपुरमा यससम्बन्धी समझदारीपत्र हस्ताक्षर गरेका हुन् ।
समझदारीपत्रमा प्राधिकरण र सोसाइटीले बीमाङ्कीय विज्ञान सम्बन्धमा समन्वयात्मक ढङ्गले कार्य गरी बीमा क्षेत्रमा थप योगदान पुर्याउनका लागि आपसी समझदारी गर्नेलगायतका विषयहरू समेटिएका छन् । यसैगरी प्राधिकरण र सोसाइटीको साझेदारीमा बीमा तथा बीमाङ्कीय विज्ञानसम्बन्धी अध्ययन एवम् अनुसन्धानसम्बन्धी कार्य गर्ने, यससम्बन्धी ज्ञानको आदानप्रदान गर्ने र तालिम, कार्यशाला तथा सम्मेलन आयोजना गर्ने उल्लेख छ । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदी तथा निर्देशक पूजन ढुङ्गेल (अधिकारी) उपस्थित रहेका थिए ।
क्याटेगोरी : बीमा बजार
ट्याग : #Page 6
ताजा अपडेट
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
- नेपाल बैंकको ८८औँ वार्षिकोत्सव सम्पन्न
- महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता
- पूर्वसभामुख ढुङ्गानाको निधन
- हुस्सु र कुहिरोले हवाई उडान प्रभावित
- २७ सय ५३ बिन्दुमा उक्लियो शेयर बजार
- नबिललाई आठौँ पटक बढी कर तिर्ने बैंकको सम्मान
- मेरो माइक्रो फाइनान्सको नाफा ३६ लाख ५० हजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया