काठमाडौँ । निर्जीवनतर्फ ५० लाख र जीवनतर्फ पाँच लाख रुपैयाँसम्मको बीमा गर्न सकिने गरी लघु बीमा निर्देशन, २०७९ जारी भएको छ । बीमालेख अवधि, बीमा शुल्क, लघु बीमाले समेट्ने व्यवसायलगायत प्रावधानहरू समेटेर नेपाल बीमा प्राधिकरणले निर्देशन जारी गरेको हो । निर्देशनअनुुसार लघु जीवन बीमाअन्तर्गत आवधिक लघु जीवन बीमा, सावधिक लघु जीवन बीमा, म्यादी लघु जीवन बीमा र अन्य लघु जीवन बीमा रहेका छन् ।
त्यस्तै, निर्जीवन बीमातर्फ घर, सम्पत्ति तथा व्यवसाय, सवारी, इन्जिनियरिङ, दायित्व तथा मौद्रिक क्षति र अन्य लघु निर्जीवन बीमा गर्न पाइनेछ । प्राधिकरणले लघु बीमाका लागि बीमालेखको अवधि पनि तोकेको छ । जीवन लघु बीमालेखको हकमा एक वर्ष वा सोभन्दा बढी अवधिको मात्रै बीमालेख जारी गर्न पाइनेछ । निर्जीवन लघु बीमाको हकमा भने एक वर्ष वा सोभन्दा कम अवधिका लागि मात्र बीमालेख जारी गर्न सकिनेछ । निर्देशनमार्फत लघु बीमाको सीमा पनि तोकिएको छ । घर, सम्पत्ति तथा व्यवसाय र सवारीसाधनको ५० लाख रुपैयाँसम्मको लघु बीमा गर्न सकिनेछ । दायित्व तथा मौद्रिक क्षतिको र अन्य लघु बीमाका लागि अधिकतम पाँच लाख रुपैयाँसम्मको लघु बीमा गर्न पाइनेछ ।
त्यस्तै, जीवन बीमा कम्पनीले अधिकतम पाँच लाख रुपैयाँसम्मको बीमाङ्क भएको लघु बीमा मात्रै जारी गर्न पाउनेछन् । लघु बीमा कम्पनीहरूले टेलिकम, इन्टरनेट सेवा प्रदायक, भुक्तानी सेवा प्रदायक, स्टोर, होटल, रेस्टुरेन्टलगायत आपूर्ति शृङ्खलामा आबद्ध संघसंस्थासँग सहकार्य गरी लघु बीमा जारी गर्न सक्ने व्यवस्था पनि निर्देशनमा राखिएको छ । लघु बीमा व्यवसायको विकास, प्रवद्र्धन तथा व्यवस्थापनमार्फत न्यून आय भएका व्यक्ति तथा सम्पत्तिको सुरक्षाका लागि प्राधिकरणले यो निर्देशन कार्यान्वनयमा ल्याएको हो । गरिब, न्यून आय भएका वर्ग, पिछडिएको क्षेत्रका बासिन्दा, सीमान्तकृत समूहका लागि लक्षित गरी प्राधिकरणले लघु बीमासम्बन्धी व्यवस्था कार्यान्वयनमा ल्याएको हो ।
क्याटेगोरी : बीमा बजार
ट्याग : #Page 11
ताजा अपडेट
- आजदेखि मनकामना केबलकार नियमित सञ्चालनमा
- बाघको आक्रमणबाट एकजनाको मृत्यु
- पाँचपोखरी महिला ट्रेल रेसमा निर्मला प्रथम
- देशभर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
- युरोपेली केन्द्रीय बैंकले फेरि ब्याजदर कटौती गर्यो
- आरबीआईद्वारा चार गैरबैंकिङ वित्त कम्पनीलाई ऋण दिन प्रतिबन्ध
- बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनाविरुद्ध पक्राउ पुर्जी जारी
- भारतमा बिक्री घटेसँगै नोकियाको समग्र कारोबारमा गिरावट
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया