नेपाली पश्मिनाको गुणस्तर परीक्षणमा मंगोलियाले सहयोग गर्ने
काठमाडौं । नेपाली व्यवसायी र मंगोलियाली अधिकारीहरूबीच नेपालमा पश्मिना र ऊनको गुणस्तर परीक्षण गर्नेसम्बन्धी समझदारी भएको छ । नेपाल र मंगोलियाबीच ऊन उत्पादन, गुणस्तर परीक्षण र निर्यात प्रवद्र्धनका लागि सहकार्य गर्ने सहमति भएको हो ।
नेपाल पश्मिना उद्योग संघ तथा मंगोलियाली सरकारको रिसर्च एन्ड डेभलपमेन्ट इन्स्टिच्युट अफ लाइट इन्डस्ट्रीबीच बुधबार समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीपत्रमा संघको तर्फबाट अध्यक्ष विजय दुगर र इन्डस्ट्रीका तर्फबाट निर्देशक तुर्मुन्ख तोन्मिदले हस्ताक्षर गरेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । समझदारीपछि नेपाली पश्मिना व्यवसायीले ऊन तथा पश्मिना धागो, अर्ध प्रशोधित भुवा तथा ऊनबाट बनेका उत्पादनको नमुनालाई इन्डस्ट्रीमा गुणस्तर परीक्षण तथा विश्लेषण गर्न पाइने छ । ंहस्ताक्षर भएको दिनदेखि लागू भएको यो सहमतिको अवधि पाँच वर्षको हुने बताइएको छ । मन्त्रालयका सचिव मधुकुमार मरासिनी तथा मंगोलियाका खाद्य कृषि तथा हल्का उद्योग मन्त्रालयका राज्य सचिव जम्बाल्ट्सेरेन तुमुर–उयाको उपस्थितिमा उक्त समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
अन्तर्राष्ट्रिय व्यापार केन्द्रले मंगोलियाको उलानबाटोरमा जारी वल्र्ड एक्सपोर्ट डेभलपमेन्ट फोरम, २०२३ को आयोजना गरेको छ । सो फोरममा सहभागी हुन नेपाली सरकारी उच्च अधिकारी तथा निजी क्षेत्र सम्मिलित प्रतिनिधमण्डल पनि मंगोलिया गएको छ । चारदिने उक्त सम्मेलनमा क्षेत्रीय व्यापार सम्पर्क, भूपरिवेष्ठित राष्ट्रको व्यावसायिक आवाज, व्यवसायीबीचको बैठक, उद्यममा युवा तथा महिला सहभागिता तथा स्थानीय नवप्रवर्तनसहित डिजिटल रूपान्तरणलगायतका विषयमा छलफल भएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही
- स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन
- चैनपुर सेतीसहित १४ वटा आयोजनाको विद्युत् अनुमतिपत्र जारी
- यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमय दर
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया