‘प्राइम–टाइल्स विथ स्टाइल’ नेपाली बजारमा
काठमाडौं । प्राइम सेरामिक्स प्रालिले प्राइम टाइल्स विथ स्टाइलको बिक्री सुरु गरेको छ । भुइँ र भित्ताका लागि सबै प्रकारको टायल उत्पादन गर्ने यो नेपालको पहिलो र सबैभन्दा ठूलो टायल कम्पनी रहेको प्राइमको दाबी छ ।
कम्पनीले रौतहटस्थित वृन्दावन नगरपालिका–६ मा इटालियन प्रविधिको स्वचालित उद्योग स्थापना गरेको हो । यस उद्योगले सेरामिक प्रविधिमा अब्बल मानिने इटालियन बहुराष्ट्रिय कम्पनी साक्मीको मेसिन प्रयोग गर्ने भएको छ । जसले गुणस्तरमा शंका गर्ने ठाउँ नै नहुने कम्पनीको दाबी छ ।
कम्पनीका अनुसार हाल नेपालमा वार्षिक १५ अर्ब रुपैँयाको टायल आयात हुने गरेको छ । चर्को ढुवानी खर्च, उच्च भन्सार दर र अन्य अतिरिक्त खर्चका कारण आयातित टायल अत्यधिक महँगो र पहुँचभन्दा बाहिर रहेको उद्योगको भनाइ छ । उद्योगले देशको कुल खपतको लगभग एक–चौथाइ माग पूरा गर्ने कम्पनीको दाबी छ । उधोगले आयात प्रतिस्थापन गर्ने, विदेशी मुद्रा बाहिरिनबाट रोक्ने, रोजगारीको सिर्जना गर्ने तथा स्वदेशी माटो र अन्य कच्चा पदार्थको प्रयोग गरी आयातित टायलभन्दा १५–२० प्रतिशत सस्तो मूल्यमा टायल उपलब्ध गराउनेछ ।
स्वदेशमा उत्पादन हुने भएकोले उपभोक्ताले चाहेको बेला टायलको माग गर्न सक्ने, आर्किटेक्ट एवं डिजाइनरहरूले आफ्नो चाहनाअनुसारको डिजाइनसमेत विकास गर्न सक्ने तथा मूल्य पनि सस्तो हुने भएकाले नेपाली बजारमा यो प्रभावकारी रहेको कम्पनीको दाबी छ ।
विगत दुई दशकदेखि नेपालमा टायल व्यापारको अनुभव बोकेको सिएमएस ग्रुप र फर्चुन भेन्चर्सद्वारा प्रवर्तित प्राइम सेरामिक्स प्रालिको कुल लगानी दुई अर्ब रुपैँया रहेको छ । दैनिक डेढ लाख वर्गफिट उत्पादन क्षमता रहेको यस उद्योगले ३०० जनालाई रोजगारी दिएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही
- स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन
- चैनपुर सेतीसहित १४ वटा आयोजनाको विद्युत् अनुमतिपत्र जारी
- यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमय दर
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया