एनसेलको नयाँ सेन्टर लहानमा
काठमाडौं । एनसेल आजियाटा लिमिटेडले लहानको शहिद चोकमा आफ्नो नयाँ सेन्टर सञ्चालनमा ल्याएको छ । बिहीबार एक कार्यक्रमकाबीच एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले एक कार्यक्रमका बीच सेन्टरको उद्घाटन गरेका थिए । शुक्रबारदेखि सेन्टर सञ्चालनमा आएको कम्पनीले जनाएको छ ।
एनसेल सेन्टरबाट ग्राहकले एनसेलका सेवा तथा सुविधाहरूका बारेमा सोधपुछ गर्न, सिम खरिद गर्न, इन्टरनेट सेटिङ्गको जानकारीलगायत विभिन्न कर्पोरेट सेवा लिन सक्ने कम्पनीले जनाएको छ । यसैगरी ग्राहकले यस सेन्टरबाट आफ्नो सिम फोरजीमा अपग्रेड गर्ने, सिम तथा मोबाइल नम्बर परिवर्तन, सिम इसिममा अपग्रेड गर्न, सीयुजी नम्बरको आवश्यक फेरबदल गर्न, बिज प्लान, अन्तर्राष्ट्रिय रोमिङ्ग सुचारु गर्ने, बिल तिर्ने, ब्यालेन्स रिचार्ज र ट्रान्सफर गर्नेलगायतका अन्य ग्राहक सेवाहरू प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
‘हाम्रो मुख्य उद्देश्य भनेको आफ्ना ग्राहकलाई सेवामार्फत धेरैभन्दा धेरै लाभ सिर्जना गर्नु हो,’ जाब्बोरले भने, ‘लहानको यो नयाँ एनसेल सेन्टर ग्राहकलाई स्थानीयस्तरमा विश्वस्तरीय ग्राहक सेवा प्रदान गर्ने प्रतिबद्धताबमोजिम सञ्चालनमा ल्याइएको हो ।’ आइतबारदेखि शनिबार हप्ताको सातै दिन बिहान ९ बजे देखि ५ः३० बजेसम्म सेन्टरले ग्राहकलाई सेवा प्रदान गर्नेछ । यसअघि एनसेलले विगत १० वर्षदेखि लहानमा आफ्नो पुरानो एनसेल सेन्टरबाट ग्राहक सेवा प्रदान गर्दैै आएको थियो । आफ्नो ग्राहक सेवालाई अझ सहज बनाई उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्न एनसेलले देशका विभिन्न भागमा ३४ वटा एनसेल सेन्टरहरू सञ्चालन गर्दै आएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही
- स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन
- चैनपुर सेतीसहित १४ वटा आयोजनाको विद्युत् अनुमतिपत्र जारी
- यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमय दर
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया