Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगगोडरेजको नयाँ इन्भरटर एसी

गोडरेजको नयाँ इन्भरटर एसी


काठमाडौं । गोडरेजले नयाँ इन्भरटर एअर कन्डिसनर (एसी) नेपाली बजारमा सार्वजनिक गरेको छ । गोडरेज इन्भर्टर एसी सबै मौसमको लागि उपयोगी हुने कम्पनीले जनाएको छ ।

गोडरेज इन्भर्टर एसीमा एन्टी भाइरल फिल्टरका साथै एन्टी डस्ट फिल्टर र एक्टिभ कर्बोन फिल्टर रहेको बताइएको छ । यस एसीले अनावश्यक प्रदूषण, किटाणुहरू ९९ दशमलव नौ प्रतिशतसम्म नष्ट गरी वातावरणलाई स्वस्थ पार्ने बताइएको छ । एसी आर३२ इको रेफ्रिजिरेन्ट भएको र ५२डिग्रीसम्मको तापक्रममा पनि कुलिङ गर्न सक्ने क्षमता रहेको छ ।

टुइन रोटरी इन्भरटर टेक्नोलोजीमा आधारित यस एसीले बिजुली बचत गर्नुका साथै छिटो तातो र मौसमअनुसार छिटो चिसो पार्ने क्षमता रहेको कम्पनीको भनाइ छ । गोडरेजको यस एअर कन्डिसनरमा १० वर्षको इन्भरटर कम्प्रेसर वारेन्टी रहेको छ । यसका साथै कम्पनीले फ्रि डेलिभरी, फ्रि इन्स्टलेसन एन्ड डेमो र शून्य प्रतिशतमा फाइनान्स सुविधा पनि प्रदान गरेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया