Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगपारागन फुटवेयर इण्डस्ट्रिजको रजत वर्ष पूरा

पारागन फुटवेयर इण्डस्ट्रिजको रजत वर्ष पूरा


काठमाडौं । पीजी सुज ब्राण्डको नेपाली जुत्ता उत्पादक कम्पनी पारागन फुटवेयर इन्डन्ट्रिजले स्थापनाको २५ वर्ष पूरा गरेको छ । २०५५ असार १७ गते स्थापना भएको कम्पनीले आइतबार रजत जयन्ती मनाएको हो ।

स्थापनाकालदेखि नेपालमा छालाका स्तरीय जुत्ता उत्पादन गर्दै आएको कम्पनीले सुरुवातमा अधिकांश काम हातबाटै गर्ने गरेको कम्पनीका प्रबन्ध निर्देशक रामहरी तोलाङ बताउँछन् । उनका अनुसार १५ देखि २० जोर जुत्ता उत्पादनबाट सुरु भएको उद्योगका उत्पादन अहिले देशव्यापी भएका छन् । करिब एक सय जना प्रत्यक्ष र साढे तीन सय बढी जनशक्तिलाई अप्रत्यक्षरूपमा रोजगारी प्रदान गरिरहेको कम्पनीले आगामी दिनमा आयातीत जुत्तालाई प्रतिस्थापन गर्दै निर्यातमा जाने गरी काम गरिरहेको निर्देशक तोलाङ्गले बताए । चन्द्रागिरी नगरपालिका वडा नं ९ मा रहेको उद्योगमा पार्टी, क्याजुअल, बच्चा, कलेज तथा स्कुल स्पोर्टसलगायतका जुत्ता उत्पादन हुने गरेको छ ।

कम्पनीका प्रबन्ध निर्देशक तोलाङले आगामी दिनमा पीजी सुज ब्राण्डका उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पनि पु¥याउने बताए । कम्पनीले परम्परागत प्रविधि र नयाँ प्रविधिको समिश्रणबाट भौगोलिक विकटता र नेपालीको क्रयशक्तिलाई समेत ध्यान दिएर जुत्ता उत्पादन गरिएको कम्पनीले जनाएको छ । पारागन ब्राण्डका जुत्ताहरू अन्तर्राष्ट्रिय ब्रान्डसँग कुनै पनि हालतमा कमजोर नभएको कम्पनीको दाबी छ । नेपालीले बनाइएका जुत्ताहरू नेपाली उपभोक्ताले मात्र नभई विदेशी उपभोक्ताले समेत मन पराउन थालेको उनको भनाइ छ । साथै, बलियो राम्रो र सस्तोमा नेपाली जुत्ता पाइनुले कम्पनीका उत्पादन प्रतिआकर्षण बढ्दै गएको उनले बताए ।

नेपाली जुत्ता उत्पादन गर्ने उद्योगले अझ नयाँ प्रविधि भित्र्याउन सके विदेशी उत्पादनसँग पनि प्रतिस्पर्धा गर्न सक्षम हुने उनको भनाइ छ । नेपाली जुत्ता उत्पादन गर्ने उद्योगले नेपाली उपभोक्तालाई मध्यनजर गरी अन्तर्राष्ट्रिय चाहना र रोजाइलाई समेत ध्यान दिएर आकर्षक, सस्तो र राम्रो वस्तु उत्पादन गर्न सके नेपाली उद्योगहरूको भविष्य राम्रो रहेको उनले बताए । आधुनिक किसिमका छालाका जुत्ता तथा छालाजन्य वस्तु उत्पादनको गुणस्तरीयतामा पारागनले कुनै कन्जुस्याइँ नगरेको उनको दाबी छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया